१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

हिउँदे अधिवेशन अन्त्य गरेकोप्रति कांग्रेसको घोर भर्त्सना

सरकारले चालु अधिवेशन अन्त्य गरेकोप्रति नेपाली कांग्रेसले घोर भर्त्सना गरेको छ।

आइतबार कांग्रेस संसदीय दलको बैठकले सरकारलाई यस्ता अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताका विरुद्ध कार्य नगर्न कडा चेतावनी दिएको छ।

सहकारी ठगीको बारेमा संसद्मा आफूहरूका साथै सरकार पक्षकै सांसदहरूले कुरा उठाउँदै आएको र सरकारले सदनमा बहुसंख्यक सदस्यहरूले उठाएको विषय बारे गम्भीर र सार्थक संवाद गरी निष्कर्षमा पुग्नु पर्नेमा जनताको सरोकारको विषयमा बेबस्ता गर्दै संसदबाट भाग्ने काम गरेको काँग्रेसले ठहर गरेको छ।

सरकार संसद प्रति उत्तरदायी हुनुपर्ने, जबाफदेही ढङ्गले प्रस्तुत हुनुपर्ने संसदीय मूल्य मान्यताका बर्खिलाप संसदीय अभ्यासमा आघात गर्ने र प्रकारात्मकले संसदीय व्यवस्थालाई कमजोर बनाउने हर्कत गरेको काँग्रेसले जनाएको छ।

बैठकले सहकारी पीडितका पक्षमा, सहकारीको रकम ठगी गर्ने अपराधीका विरुद्धमा र यस विषयको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिनको पक्षमा थप दृढतापूर्वक उभिई रहने पनि निर्णय गरेको छ।

सरकार यस अधिवेशनमा संघीयता लगायत संविधान कार्यान्वयन गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढ गर्ने, नागरिकका मौलिक हक अधिकारको प्रचलन गर्ने, नागरिकका दिनानुदिनका समस्या सम्बोधन गर्ने र नागरिकका जनजीविकाका सवालहरू सम्बोधन गर्ने, विधेयक सदनमा प्रस्तुत गर्न पनि असफल भएको काँग्रेसले जनाएको छ। 

प्रकाशित: २ वैशाख २०८१ १२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App