११ वैशाख २०८२ बिहीबार
image/svg+xml १४:४७ अपराह्न
कला/संस्कृति

‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ तिवारीलाई

नेपाल स्रष्टा समाजले लोकगीत सर्जक, गायिका लक्ष्मी तिवारी (तिवारी आमा) लाई ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान-२०८१’ अर्पिने भएको छ।

नेपाल स्रष्टा समाजको केन्द्रीय कार्यसमितिको बैठकबाट उक्त निर्णय भएको समाजका उपाध्यक्ष डा. सदानन्द कडेलले बताए।

नगद १५ हजार एक सय एघार नगद राशिको उक्त सम्मान तिवारीलाई प्रदान गरिने भएको हो।

सम्मान सिफारिस समितिका संयोजक प्रकाश घायलका अनुसार पाल्पा, रामपुर निवासी तिवारी मौलिक लोकगीत गायन र सिर्जननामा सक्रिय छिन्। सामान्य लेखपढ गरेकी भए पनि समाजका विकृति र विसंगतिविरुद्ध जुध्ने स्वभावकी उनी यस्ता कुराहरूलाई गीत, कविता तथा सिलोक मार्फत प्रस्तुत गर्ने गर्दछिन्। तीज गीतहरूमा परदेशिएका नेपालीकाे पीडा उनले उजागर गरेकी छन्।

सम्मान सिफारिस समितिमा प्रकाश घायलसहित डा. शान्तिमाया गिरि र पुष्पा खनाल सदस्य रहेका थिए। सोही समितिको सिफारिसलाई कार्यसमितिले अनुमोदन गरी तिवारीलाई उक्त सम्मान अर्पण गर्ने निर्णय गरिएको उपाध्यक्ष डा.कडेलले बताए।

समाजका संरक्षक पवन आलोककाे अनुसार आउँदाे बैशाख ९ गते काठमाडौंमा एक समारोहका बीच उक्त सम्मान अर्पण गरिनेछ।

प्रकाशित: २४ चैत्र २०८१ ०९:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App