२८ वैशाख २०८३ सोमबार
image/svg+xml
अपराध

जबरजस्तीकरणी मुद्दामा मिलापत्र गर्ने पूर्ववडाध्यक्षसहित चार जना पक्राउ

जबरजस्तीकरणी मुद्दामा मिलापत्र गरको आरोपमा कपिलवस्तुमा ४ जना पक्राउ परेका छन । जबरजस्तीकरणी मुद्दामा मिलापत्र गर्नेकार्यमा संलग्ता देखिए पछि यशोधरा गाउपालिका वडा नम्बर ५ का पुर्ववडाध्यक्ष, पीडित महिलाको आमा, पीडकको बुवा र लेखनदासलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताए ।  

घटनामा पूर्ववडाध्यक्ष नईम भन्ने लईस पठान पीडित महिलाकी आमा, पीडकका बुवा माहोम्म्द सफिक पठान, लेखनदास रामबृक्ष कोहार पक्राउ परेको सिंहले बताए । यशोधरा गाउपालिका वडा नम्बर ५ का २६ वर्षीय ईलियास पठानले  आफनै घरमा एक महिलालाई गत बैशाख २१ गते जबरजस्तीकरणी सम्बन्धमा दर्ता भएको मुद्दामा मिलापत्र गरेको अरोपमा उनीहरुलाई प्रहरीले पक्रेको हो ।  

पीडित महिलाकै आमाले जाहेरी दिए पछि बैशाख २३ गते मुद्दा दर्ता भएको थियो । सोही घटनाको मुद्दामा पीडकलाई पक्राउ पुर्जी जारी सहीत घटनाको अनुसंधान जारी रहेको बेला बैशाख २७ गते पीडित महिलाको आमासहित ५५ बर्षीय लईस पठान मिलापत्र गरेको कागज लिएर प्रहरी कार्यालय पुगेका थिए । प्रहरीले दुबैलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा जग्गाको बिवादको झुठो बिवरण देखिए पछि प्रहरीले पीडकमा बुवा माहोम्मद सफिकलाई समेत नियन्त्रणमा लिएको थियो । सफिकको साथबाट प्रहरीले एक लाख ३ हजार ५५० रुपैया समेत बरामद गरको थियो । सफिकले आफनो छोरालाई बचाउन पीडितकी आमालाई अनुचित प्रवाहमा पारी मुद्दा मिलाउने कार्यमा संलग्न रहेको खुलेको थियो । मिलापत्रको कागज लेख्ने यशोधरा गाउपालिका ८ का ४५ वर्षीय रामबृक्ष कहारलाई समेत प्रहरीले पक्राउ गरेको थियो । घटनामा पक्राउ परेका चाचर जनामाथी फौजदारी मुद्दामा मिलपत्र गराउन नपाउने शीर्षकमा अदालतबाट ५ दिनको म्याद थप गरी घटनाको अनुसंधान भईरहेको प्रहरी नायब उपरिक्षक सिंहले बताए । 

प्रकाशित: २८ वैशाख २०८३ २१:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App