१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

देशमा राजतन्त्र फर्काउने कुरा असम्भव जस्तो लाग्छः सभापति देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको बताएका छन्।

आईतवार काठमाडौंमा स्व.सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिलेकै व्यवस्थालाई सुदृढीकरण गरेर जानुपर्ने बताए। 

विगतमा बन्दुक उठाएकाहरुले पनि अहिले बहुदलीय व्यवस्था मानेर आएको उल्लेख गर्दै बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यक रहेको बताए।

उनले भने, ‘बहुदलीय व्यवस्था मात्रै होइन, हुँदाहुँदा राजा नै गए। अब ति राजा पनि मरे। उनका छोराछोरीहरु सबै मरे। अर्को राजा आएपछि त झन उ चाहीँ आफैँ गए। उनी पनि अहिले टिक्न नसकेर हट्नुप¥यो। त्यसैले यस्तो यो अहिलेको यो नेपालमा गणतन्त्र आएको छ, यद्यपि राजा फर्काउनुप¥यो भनेर मान्छेहरु हिँड्दैछन्। राजा फर्किन्छ भन्ने होइन। यही व्यवस्थालाई अझ समयको स्वीकार्य बनाएर लैजाऔँ। धेरै कुराहरु सुधार गर्न पनि सहमति हुनुपर्छ, दुई तिहाई चाहिन्छ। केही समस्या र कमी कमजोरी रहन्छन् भनेपनि सुधार गरेर जाऔँ। तर अब राजा फर्काउने कुरा असम्भव कुरा देख्छु मैले। यो व्यवस्थालाई सुदृढीकरण गर्दै जानुपर्छ। हिजो बन्दुक उठाएकाहरु पनि अहिले बहुदलीय व्यवस्थालाई मानेर आएको छ। युद्धलाई सबैले छोडेको छ। त्यसकारण को सरकारमा छ, को छैन भन्दा पनि महत्वपूर्ण कुरा बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यकता छ। बलियो बनाउन आवश्यकता छ।’

प्रकाशित: २ वैशाख २०८१ १२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App