१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभालाई सरकारले हेप्यो: विमला राई पौड्याल

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले राष्ट्रिय सभालाई सरकारले बेवास्ता बताएकी छिन्।

बिहीवारको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा भाग लिँदै उनले यस्तो बताएकी हुन्।

उनले मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्री समेत उपस्थित हुनुपर्ने प्रावधान रहेपनि कर्मचारी समेत उपस्थिति नभएको बताइन्। विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पढेर सुनाउने अर्थमन्त्री डा. प्रकाशशरण महत नै उपस्थित नभएको सभामा सरकारले सांसदहरुले राखेका धारणा कसरी सुन्छ र ग्रहण गर्छ ? भन्दै उनले प्रश्न गरिन्। उनले सम्बन्धित मन्त्रायलको विषयमा मन्त्री उपस्थिति नहुनुले राष्ट्रिय सभाको ओझ घटेको महशुस भएको बताइन्।

उनले भनिन्, ‘बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्नेछ। कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्री समेत उपस्थित हुनुपर्नेछ। आजको सम्बन्धित मन्त्री अर्थमन्त्री हो। किनभने उहाँले यो पढेर सुनाउनुभएको हो यहाँ। विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता। उहाँ हुनुहुन्न। उहँसगै विशिष्ट कर्मचारीहरु पनि हुनुहुन्न। यो भनेको राष्ट्रिय सभाको आज अन्तिम दिनमा बोल्दै गर्दा किन हेपेको होला सरकारले राष्ट्रिय सभालाई भन्ने महशुस भयो। मेरो नियमापत्ति, बिरोध नै हो। सरकारले चेतोस्।’

प्रकाशित: १७ फाल्गुन २०८० १७:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App