१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा परेको छः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा परेको बताएका छन्।

शुक्रवार तेह्रथुममा आयोजित महाकाली–मेची अन्तर्गतको पार्टीको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल मुलतः पहाडी देश भएपनि यसको उचित सदुपयोग गर्न नसकेको बताए। कृषिको आधुनिकीकरण,व्यवसायीकीकरण,वैज्ञानिक ढंगले आधुनिक प्रविधिको प्रयोग गरेर खेती किसानी गर्न जरुरी रहेको उनको भनाइ छ। उनले उत्पादनका लागि प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताए।

उनले भने, ‘वास्तवमा हाम्रो देश मुलतः पहाडी देश हो। आधा भन्दा बढी जनसंख्या भएको पहाड, भूभाग पनि प्रशस्त भएको पहाड, तर त्यसको सदुपयोग गर्न नसकेर हामी गरिवीको मारमा परेका छौँ। त्यसको सदुपयोग गर्न आवश्यक छ। कृषिको आधुनिकीकरण गर्न, व्यवसायीकीकरण गर्न जरुरी छ, वैज्ञानिक ढंगले, तरिकाले आधुनिक प्रविधिको प्रयोग गरेर खेती किसानी गर्न जरुरी छ। पुरानै ढंगले होइन। खेतीपाती,, फलफूल, बालबालिका, पशुपालन, वा अरु विषयका लागि हामीले उत्पादनका लागि प्रविधिको प्रयोग गर्नुपर्नेछ।’

प्रकाशित: २९ मंसिर २०८० ११:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App