५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

रास्वपा सभापति लामिछाने साढे ९ बजे उड्दैछन् कतार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछाने आज कतार जाँदैछन्। उनी आज बिहान साढे ९ बजे कतार एयरवेजको विमानबाट कतार जान लागेका हुन्।

दुई दिनको कतार बसाईको क्रममा सभापति लामिछानेले संगठन निर्माण र विस्तारका लागि त्यहाँ रहेका नेपालीहरुसँग छलफल तथा भेटघाट गर्नेछन्। तेस्रो दिन उनी बेलायतका लागि त्यहिबाट उड्ने छन्। बेलायतमा पनि उनले त्यहाँ रहेका नेपालीहरुसँग अन्तर संवाद र अन्र्तक्रिया गर्ने लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले बताए।

‘सभापति विशेषगरी संगठन निर्माण, विस्तारका लागि भेटघाट र छलफलका लागि जान लाग्नु भएको हो’, सभापति रविका स्वकिय सचिव प्रकाश सिग्देलले नागरिक न्यूजसँग भने। 

सभापति लामिछानेको साथमा सहकोषाध्यक्ष दिपक बोहरा पनि जादैछन्।

रास्वापले पछिल्लो समय देश र विदेशमा संगठन विस्तारको कामलाई तिव्रता दिएको छ। सोही अनुरुप केही दिन अघि मात्रै सभापति लामिछाने मलेसिया पुगेका थिए। 

प्रकाशित: २१ मंसिर २०८० ०१:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App