१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

बजेटमा सत्तारूढ दलकै असन्तुष्टि

सरकारले ल्याएको बजेटमा सत्तारूढ दल एकीकृत समाजवादी पार्टीले असन्तुष्टि जनाएको छ। सो दलले समानुपातिक वितरण नभएको चारवटा जिल्लालाई मात्र प्राथमिकतामा राखेकाले यथास्थितिमा बजेट पास हुन नदिने अडान राख्दै असन्तुष्टि जनाएको हो। संसदमा मन्त्रालयगत छलफल अन्तिम चरणमा पुग्दा एस पाटीका सांसदहरूले बजेटमा असन्तुष्टि जनाउदै बजेट नसच्चिए पास गर्न नदिने अडान राखेका छन्।

बिहीबार बसेको संसदीय दलको बैठकमा सांसदहरूले अहिले जस्तो छ, त्यस्तै अवस्थामा बजेट पास हुन नसक्ने बताएका थिए। संसदीय दलको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री पुष्पमकल दाहाल र अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गर्ने जिम्मेवारी दिएको छ।

संसदीय दलको बैठकमा उपनेता राजेन्द्र पाण्डे, सांसदहरू किसान श्रेष्ठले यथास्थितिमा बजेट पास नहुन नदिने, समर्थन गर्न नसकिने अडान कायम राखेका थिए। बैठकमा पार्टी अध्यक्ष एवं संसदीय दलका नेता नेपालले प्रधानमन्त्रीसँग कुराकानी गरेर यसलाई टुग्याउने बताएका थिए। संसदीय दलका उपनेता पाण्डेले बैठकपछि सञ्चारकर्मीहरूसँग यथास्थितिमा बजेटलाई समर्थन गर्न नसकिने अडान कायमै रहेको बताएका थिए।

‘हामीले प्रधानमन्त्री र अर्थमन्त्रीहरूको छलफलका क्रममा पनि बजेटलाई सच्याउनु पर्ने धारणा राखेका थियौ, आजको संसदीय दलको बैठकमा पनि त्यही कुरा भयो, यथास्थितिमा बजेटलाई समर्थन गर्न सकिन्न बजेट सच्याएमा १३८ जानभन्दा बढी सांसदले समर्थन गर्ने भनेकै छन् सरकार ढल्ने कुरै छैन,’ उपनेता पाण्डेले भने।

संसदीय दलको बैठक बस्नु अघि एस पार्टीका सांसदहरूले प्रधानमन्त्री र अर्थमन्त्रीसँग पनि छलफल गरेका थिए। तर अर्थमन्त्रीले बजेट परिमार्जन नगर्ने बताएपछि एस पार्टीका सांसदहरूले असन्तुष्टि जनाएका थिए। विहिबारको संसदीय दलको बैठकमा सरकारमा गएका मन्त्रीहरू बेदुराम भुसाल र प्रकाश ज्वालासँग बजेटबारे छलफल गरेका थिए।

प्रकाशित: ८ असार २०८० ०३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App