१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रदेश १ को प्रदेशसभा वरपर निषेधित क्षेत्र घोषणा

फाइल तस्बिर

जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश १ को प्रदेशसभा सचिवालय भवन रहेको आसपासका क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। 

प्रदेशसभा नामकरणको विषय टेबल हुँदा विरोध, धर्ना, जुलुस, झडप हुने सम्भावना रहेको भन्दै उक्त क्षेत्र निषेधित घोषणा गरिएको हो।

जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार सूचना जारी दिउँसो ३ बजेदेखि  तोकिएका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो।  नामाकरणको प्रस्ताव प्रदेशसभामा दर्ता भएसँगै विराटनगरको देवकोटा चोकदेखि अस्पताल चोक र जिल्ला प्रशासन कार्यालय वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ।

यस्तै मुख्यमन्त्री कार्यालय र मुख्यमन्त्री निवास वरपर पनि कुनै प्रकारका विरोध, धर्ना, जुलुस, झडप हुन नदिन दिउँसो ३ बजेदेखि अर्को आदेश नआएसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ।

प्रकाशित: १७ फाल्गुन २०७९ ०८:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App