२ वैशाख २०८२ मंगलबार
image/svg+xml २२:२७ अपराह्न
अपराध

प्रेम सम्बन्धमा हुँदाका अन्तरंग भिडियो पोस्ट गर्ने धम्की दिने युवक पक्राउ

सामाजिक सञ्जालको दुरुपयोग गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका-९ सिनामंगलमा डेरा बस्ने सिराहा धनगढी नगरपालिका–७ गोलबजारका २७ वर्षीय राम बिहारी साफी बुधबार पक्राउ परेका हुन्। 

उनले प्रेम सम्बन्धमा रहँदाका अन्तरंग तस्बिर र भिडियो सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जालमा पोस्ट गर्ने र पीडितका आफन्तलाई पठाइदिने धम्की दिएका थिए। पीडितको उजुरीका आधारमा साइबर ब्युरोको प्रहरी टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो। 

उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थपको अनुमति लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २२ चैत्र २०८१ १८:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App