७ वैशाख २०८१ शुक्रबार
राजनीति

काठमाडौंमा २३६ उम्मेदवारको जमानत जफत

काठमाडौंमा २३६ उम्मेदवारको जमानत जफत भएको छ। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौंको १० वटा निर्वाचन क्षेत्रबाट भाग लिएका २७३ उम्मेदवारमध्ये ३७ जनाले धरौटी रकम जोगाएका छन्।

‘प्रतिनिधिसभा सदस्य निर्वाचनमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत हुन्छ,’ निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले भने, ‘निर्वाचनमा कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने प्रतिनिधिसभा सदस्यका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत जम्मा गरेको १० हजार रूपैयाँ र प्रदेशसभा सदस्यका उम्मेदवारले धरौटीबापत बुझाएको ५ हजार रूपैयाँ जफत गरी निर्वाचन आयोगले सरकारको सञ्चित कोषमा जम्मा गर्छ। जमानत जफत हुने अवस्थाबाहेकका विजयी र अन्य उम्मेदवार, मनोनयनपत्र स्वीकृत नभएको वा नाम फिर्ता लिएकाको धरौटी रकम निर्वाचन परिणाम घोषणा भएको मितिले ९० दिनभित्र फिर्ता लिन पाउने कानुनी व्यवस्था रहेको छ।’ प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिकाको दफा ६४ अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको निर्वाचनमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारले दफा २० बमोजिम दाखिला गरेको धरौटी जफत हुन्छ।

विसं. २०४८ सालको आमनिर्वाचनमा आयोगले ७ सय ५१ जना उम्मेदवारको जमानत जफत गरी तीन हजार रूपैयाँको दरले २२ लाख ५३ हजार रूपैयाँ धरौटी रकम जफत गरेको थियो। त्यस्तै विसं. २०५१ सालमा ८ सय ९ जना उम्मेदवारबाट आयोगले २४ लाख २७ हजार रूपैयाँ धरौटी रकम जफत गरेको थियो। विसं.२०५६ सालमा एक हजार ५२७ जना उम्मेदवारबाट ४५ लाख ८१ हजार रूपैयाँ धरौटी रकम जफत गरिएको थियो भने विसं. २०६४ सालको निर्वाचनमा तीन हजार १ सय ५९ जना उम्मेदवारबाट ९४ लाख ७७ हजार रूपैयाँ जमानत रकम जफत गरिएको थियो। विसं. २०७० सालको निर्वाचनमा पाँच हजार ३ सय ३२ जना उम्मेदवारबाट आयोगले एक करोड ५९ लाख ९६ हजार रूपैयाँ हाराहारीको रकम जफत गरेको थियो।  

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह, राप्रपाका रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार वम, नेकपा एमालेका किरण पौडेल र नेपाल सुशासन पार्टीका रमेश खरेलबाहेकका २६ जनाको जमानत जफत भएको छ। यस क्षेत्रमा नेपालका लागि नेपाली पार्टीका बालकृष्ण न्यौपाने, डम्वर शाहु, सुरेन्द्रप्रसाद ढकाल, रिषम भट्टराई, हरिशरण श्रेष्ठ, संगीता बोगटी, शंकर बन्जाडे, प्रकाश नायजु, हरेन्द्र चौधरी, प्रकाश श्रेष्ठ, शान्तिदेवी केसी, मन्जु राना मगर, इन्द्रबहादुर थापा, मान हादुर राई, हरिकुमार घले, मनिता (लिगल) श्रेष्ठ, गोमा खतिवडा अधिकारी, सुनिता बसेल, खुमकला लामिछाने, दुर्गा प्रसाद लिम्बु, कुलबहादुर तामाङ, निर्जल शाह, मीरा विष्ट, देव शर्मा, संगीता राजबाहक र सीता तामाङ केसीको जमानत जफत भएको छ।  

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम, नेकपा एमालेका मणिराम फुयाल, राप्रपाकी कुन्तीदेवी पोखरेल र माओवादी केन्द्रकी ओनसरी घर्तीबाहेकका २८ जनाको जमानत जफत भएको छ। यस क्षेत्रमा सचेत नेपाली पार्टीका पुण्यप्रसाद प्रसाई, कोषराज सुवेदी, अनुप बोहरा, अनिल श्रेष्ठ, काशिराज पुडासैनी, धनेज थापा, गणेशप्रसाद पुडासैनी, कृष्णराम पुरी, प्रकाश अधिकारी, गोपालबहादुर टन्दुकार, राममणि नेपाल, बिजेन्द्र बस्नेत, लक्ष्मण पोखरेल, बलराम चौलागाई, हेमविक्रम सिलवाल, ईश्वर गौतम, मधुसुदन पुडासैनी, महेश बास्तोला, सिता तामाङ, चिरिन्जिवी राई, विनोद प्रसाद घिमिरे, भगवती ढकाल, दिनेश खडका, प्रकाश अधिकारी, विदुरप्रसाद सिंखडा र कृष्ण अधिकारीले जमानत जफत भएको छ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा निर्वाचित नेपाली कांग्रेसका सन्तोष चालिसे, नेकपा एमालेका कृष्णबहादुर राई र राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाबिक्रम थापा क्षेत्रीबाहेकका २२ जनाको जमानत जफत भएको छ। यस क्षेत्रमा राप्रपाका गणेश गिरी, निरञ्जन पुडासैनी, द्वारिका अधिकारी, बद्रीप्रसाद बजगाई, दिनेश खनाल, श्रीकृष्ण ज्योति, राजेश बिष्ट, विशोक डंगोल, कृष्णकाजी श्रेष्ठ, नेत्रबहादुर तामाङ, मोहनकुमार विश्वकर्मा, केदारनाथ मिश्र, गोविन्द नेपाल, समिना न्यौपाने, जगन्नाथ देवकोटा, नुर्पुगेन्जेन शेर्पा, रक्षकुमार राई, मोहनबहादुर बस्नेत, कविता विष्ट सुनार र विन्दु मगरको जमानत जफत भएको छ। प्रतिनिधिसभा सदस्यतर्फ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा निर्वाचित नेपाली कांग्रेसका गगन थापा र नेकपा एमालेका राजन भट्टराईबाहेकका सबैभन्दा धेरै ३१ जना उम्मेदवारको जमानत जफत भएको छ। यस क्षेत्रमा राप्रपाका डा.ठाकुरमोहन श्रेष्ठ, अर्जुनकुमार प्रसाई, अर्चनशम्शेर राणा, शिबेन्द्र केसी, रमेश डंगोल, काजीबहादुर कार्की, हेमबहादुर बोम्जन, दिपककुमार पोखरेल, श्यामबाबु गौतम, रुद्रप्रसाद पौडेल, कृष्णकुमार तामाङ, लिलामाया पौडेल, नवराज भण्डारी, नुमनाथ प्याकुरेल, ध्रुवराज गिरी, चेतबहादुर आले, लालकुमारी थापा राना, राजेश भारती, खुरहरी पुडासैनी, पिकेश परियार, थर्कबहादुर बस्नेत, रोशन वर्मा, श्यामराज भेटवाल, भानुकुमार खड्का, नवराज थापा, दिनेश चौलागाँई, रोहित डंगोल, रविन्द्रदेव ढकाल र महेश्वर केसीको जमानत जफत भएको छ।

त्यस्तै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा निर्वाचित नेपाली कांग्रेसका प्रदीप पौडेल, नेकपा एमालेका ईश्वर पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणयशम्शेर जबराबाहेका २८ जनाको जमानत जफत भएको छ। यस क्षेत्रमा राप्रपाका रामप्रसाद उप्रेती, श्रीराम गुरुङ, हेमराज थापा, सुशान्त श्रेष्ठ, शैलेश डंगोल, रन्जु न्यौपाने, मधुसुदन पाठक, रमेश केसी, विजय कंडेल, भिमबहादुर मगर, सागर खड्का, गोपीलाल न्यौपाने, टिकमाया गुरुङ, शैलेन्द्र बस्नेत, दिपककुमार शर्मा, राजु विष्ट, दिपक सिंह, रामकृष्ण परियार, दानिन्द्र जोशी, लवली थापा, विनिता अर्याल, शान्तिराम पाण्डे, बाबुराम पोखरेल, कुमार कोइराला, कृष्णराज श्रेष्ठ र नारायण प्रसाद दाहालले जमानत जोगाउन सकेनन्।  

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल, नेकपा एमालेका सर्वेन्द्र खनाल र नेपाली कांग्रेसका भिमसेन दासबाहेकका २३ जनाको जमानत जफत भएको छ। यस क्षेत्रमा राप्रपाका विष्णुप्रसाद आचार्य, संजयमान श्रेष्ठ, सनकमान महर्जन, मुकुन्द सिलवाल, प्रेमसागर कर्माचार्य, मनोज आचार्य, मह्श्वर कार्की, निर्देश सिलवाल, दिपु उप्रेती, बल बहादुर केसी, राजेन्द्र खनाल, अजित खड्का, राजेश श्रेष्ठ (मास्के), तारा रसाइली, कमल न्यौपाने, विष्णुप्रसाद ढकाल, काजी कार्की, खगेन्द्र ढकाल, सानु कान्छा महर्जन, किरण इङनाम र जनक राज थपलियाको जमानत जफत भएको छ।

काठमाडौं क्षेत्र नम्बर ७ मा निर्वाचित राप्रपाका गणेश पराजुली, नेकपा एमालेका श्यामकुमार घिमिरे र माओवादी केन्द्रकी मानुषी यमी भट्टराईबाहेका २८ जनाको जमानत जफत भएको छ। यस क्षेत्रमा राप्रपाका ध्रुवविक्रम मल्ल, यादध्वलाल कायस्थ, राजेन्द्रप्रसाद श्रेष्ठ, किरण केसी, प्रबेन्द्र पोख्रेल, रामबिर मानन्धर, रविन्द्र कुमार श्रेष्ठ, किरण महर्जन, जुजुकाजी महर्जन, राम नेपाली, प्रशन्नकुमार अर्याल, ईश्वर अर्याल, कुमारखाकी श्रेष्ठ, कृष्णप्रसाद दवाडी, सुजनरत्न बज्राचार्य, लोकप्रसाद सिंखडा, हेमबहादुर ढुंगेल, कमला भुसाल, शैलेशराज श्रेष्ठ, प्रकाश कुँवर, भरत तामाङ, मञ्जुमाया तामाङ, जानुका पौडेल, लक्ष्मण प्रसाद गजुरेल, रोजिना अवाले र राजकुमार कोइरालाले जमानत जोगाउन सकेनन्।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ, हाम्रो नेपाली पार्टीका सुमन सायमी, नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ, राप्रपाका प्रकाश रिमाल र नेकपा एमालेका शिवसुन्दर राज वैद्यबाहेक १६ जनाको जमानत जफत भएको छ। यस क्षेत्रमा जसपाका मनोजकुमार खड्गी(नेवा), कृष्णमाया मानन्धर, राजेन्द्र थापा, दीपकप्रसाद खनाल, शान्तबहादुर शाक्य, सुमनकुमार बलामी, छत्रकुमार पाख्रिन, रमेशकुमार डंगोल, सन्तोष देउला, रेशमबहादुर सुनार, दुर्गादेवी महर्जन, रेखकुमार गुरुङ, हेमराज बराल र विजय डंगोलको जमानत जफत भएको छ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा निर्वाचित नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका टेबहादुर पोखरेल, माओवादी केन्द्रकी कल्पना धमला र राप्रपाका देवेन्द्र प्रधानबाहेक २० जनाको जमानत जफत भएको छ। यस क्षेत्रमा साझा पार्टी नेपालका मिलन पाण्डे, ईरस श्रेष्ठ, सुमन महर्जन, सुनील रिजाल, शर्मिला सुवाल (डंगोल), डा. ज्ञानबहादुर बस्नेत, रमेश थापा, भाईराजा भण्डारी, उजला स्थापित, राजेन्द्रप्रसाद पाठक, उद्धव रोक्का, प्रजुल जोशी, लक्ष्मण सिंह खड्का, रचना श्रेष्ठ, गणेश थापा, रामकुमार रिजाल, अम्बिका थापा र मधु कार्कीले जमानत जोगाउन सकेनन्।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी, नेकपा एमालेका हिमेश केसी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदिप विष्ट, राप्रपाका बलराम थापा र माओवादी केन्द्रकी अन्जना विशंखेबाहेकका १५ जनाले जमानत जोगाउन सकेनन्। यस क्षेत्रमा नेमकिपाका नारायण महर्जन, इन्द्रबहादुर बराल, सनन श्रेष्ठ, सन्तप्रसाद श्रेष्ठ, गंगाप्रसाद भेट्वाल, पूर्णलाल श्रेष्ठ, चेतबहादुर मुक्तान, राजकुमार थापा, कुमार लामा, तिलकबहादुर रिज्याल, रामबाबु ठाकुर, सिर्जना बर्तौला र धनकेशर सुर्यवंशीले जमानत जोगाउन सकेनन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ७० अनुसार उम्मेदवारले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा उम्मेदवार हुनका लागि १० हजार रूपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा र समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा उम्मेदवारको बन्दसूची पेस गर्ने राजनीतिक दलले ५० हजार रूपैयाँ आयोग समक्ष धरौटी राख्नुपर्ने व्यवस्था रहेको छ। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै दलले कम्तीमा एक सिट प्राप्त नगरेमा सो दलले राखेको धरौटी जफत हुन्छ।

प्रतिनिधिसभा सदस्यतर्फ १६५ सिटको नतिजा सार्वजनिक भइसकेको छ। यस निर्वाचनमा देशभर दुई हजार ४१२ उम्मेदवारमध्ये धेरै जनाले जमानत जोगाउन नसकेको अनुमान आयोगले लगाएको छ। ‘देशभरबाट निर्वाचनको तथ्यांक आइसकेपछि कति उम्मेदवारको जमानत जफत भयो भनेर तथ्यांक निकालिनेछ,’ आयोगका सहप्रवक्ता अर्यालले भने, ‘यस निर्वाचनमा धेरै उम्मेदवारको जमानत जफत भएको अनुमान लगाउन सकिन्छ।’

प्रकाशित: २० मंसिर २०७९ ००:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App