coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

दोलखा प्रदेश सभा २ मा एमालेका भरत केसी विजयी

दोलखाको प्रदेश सभा क्षेत्र नं २ मा नेकपा एमालेका भरत केसी विजयी भएका छन्।  

आइतबार बिहान सकिएको मतगणना अनुसार केसीले १८ सय १९ मतको अन्तरले कांग्रेसका बर्मा लामालाई हराएका हुन्।  

प्राप्त मत अनुसार एमालेका केसीले १९ हजार ४ सय १४ मत ल्याए भने कांग्रेसका लामाले १७ हजार ५ सय ९५ मत ल्याए।  

प्रदश सभा १ को गणना भइरहेको छ। यो क्षेत्रमा कांग्रेसका कुन्दन काफ्लेले ६ हजार बढी मतले अग्रता लिएका छन्। एउटा मात्र गाउँपालिकाको मतगणना बाँकी छ। काफ्ले जितको नजिक छन्।

प्रकाशित: १८ मंसिर २०७९ ०४:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App