सागको लागि ओलम्पिक टर्च र्याली सुरु(फोटो फिचर)
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च र्याली काठमाडौँबाट सुरु भएको छ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च र्याली काठमाडौँबाट सुरु भएको छ।
आज हरिबोधिनी एकादशी मनाइएको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन आज भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विशेष पूजा गरिन्छ। हरिशयनी एकादशीका दिन घर घरमा पूजा गरिएको तुलसीलाई फूल मालाले सजाएर विवाह गरिन्छ। आज पोखराको सेती नदिमा पर्ने रामघाट, तुलसी घाटमा मेला लाग्दछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देउसी भैलोले नेतालाई जनताको पक्षमा काम गर्नका लागि सचेत गराएको बताए। उनले नेपाली जनताले निरङ्कुशता वा राणाशासन कुनै पनि समयमा हार्न नजानेको भन्दै वर्तमान सरकारले भ्रष्टाचार अन्त्य गर्दै सबै खालका विकृति–विसङ्गतिको अन्त्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
तिहारमा सप्तरंगी टिका, मखमली र सयपत्री फूलको मालाको बिशेष महत्व हुन्छ। बजार अहिले फूलैफूलको भएको छ।
सरकारले पर्यटन बर्ष २०२० को प्रचारका केही कार्यक्रम अघि सारिरहँदा सुकेपोखरी एक महत्वपूर्ण गन्तव्य हुने पर्यटनकर्मीहरु चर्चा गरिरहेका छन्। लेकाली भुवनोट तथा भौगोलिक विशिष्टताका कारण सुकेपोखरी आकर्षक छ। पाँचथरको एक आकर्षक गन्तव्यको रुपमा सुकेपोखरी रहेको छ। राजनीतिक इतिहास, प्राकृतिक सौन्दर्यता र फराकिला डाँडाहरुका कारण यो क्षेत्र महत्व औल्याइन्छ।
वैदिक सनातन हिन्दू र बौद्ध धर्मावलम्बी आफ्ना दिवङ्गत पितृप्रति श्रद्धा भक्तिपूर्वक जलदान एवं पिण्डदान गर्न आज यहाँ भेला भएका छन्। यस अवसरमा महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धले जोरपाटी चोकबाट सुन्दरीजलतर्फ चल्ने सवारीसाधनलाई जोरपाटीबाटै फर्काइदिएको छ।
अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानव अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा अवतरण गरेको किम्बदन्ती छ। आजको दिन ब्रत बस्ने ब्रतालुहरुले राती कृष्ण जन्मिएको सम्झनामा पूजाआजा गरि रातभर जाग्राम बसेर नाचगान गर्ने र कृष्णको भक्ति संगीत गाउँने गर्दछन्।
दिवङ्गत आफन्तको सम्झना तथा उनीहरुको आत्म शान्तिका गाईजात्रा मनाइएको छ। शुक्रबार काठमाडौँको ठमेलमा तेस्रो लिङ्गीहरुको विभिन्न संघसंस्थाबाट संयुक्त रुपमा गाईजात्रा मनाइयो। उनीहरुले गाईजात्रा झल्नेगरी र्याली तथा झाँकी निकालेका थिए। उनीहरुल नृत्य प्रस्तुत गर्दै विभिन्न भेषभूषामा सजिएका थिए।
मुगुमा पर्याप्त पर्यटकीयस्थल छन्। तर, प्रचारप्रसार अभावमा ओझेलमा परेका छन्। पर्यटकीय गतिविधि बढाउन असोज पहिलो साता अपर मुगु छायानाथ महोत्सव हुँदैछ।
पछिल्लो समयमा पूर्वी पहाडका जिल्लामा चर्चित रहेको प्राकृतिक रुपमा अत्यान्त आर्कषक तिम्बु पाखेरी क्षेत्रको पदयात्रा गर्ने सिजन चलिरहेको छ। पाँचथर र ताप्लेजुङको सिमानामा समुन्द्र सतहदेखि ४ हजार ४ सय ८० मीटर उचाईमा रहेको तिम्बु पाखेरी र आसपासका हिमाली क्षेत्रको आर्कषक दृष्यमा घुम्न जानेको संख्यामा बर्षेनी बढोत्तरी भईरहेको छ।
साउनको सोमबार पोखरामा जल यात्रा भजनकीर्तन सहित बोलबम सुरु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर–१, वगर शुक्लागण्डकी गाइघाटबाट जलयात्रा शुरु गरि पोखरा वैदाममा रहेको केदारेश्वर महादेवको मन्दिरमा पुगि जल यात्रा समपन्न भएको हो। प्रत्येक वर्ष साउनको सोमबार बोल वम मनाउने गरिन्छ।
साउन महिनामा हरियो पहिरन, चुरापोते र मेंहन्दी लगाउने प्रचलन रहिआएको छ। महिलाहरु प्राय मेंहन्दी र हरियो पहिरनमा सजिने गर्छन्। साउनको समयमा हरियो चुरा पोतेको व्यापार पनि बढ्ने गरेको व्यवसायीहरु बताउँछन्।
घर डुबानमा परेपछि बागमतीको बाँधमा प्लाष्टिकको छाना हालेर अभिभावकले बनाएको टहरोमा टोलाइरहेकी सर्लाही धनकौल गाउँपालिका–३, ढापटोलकी एक बालिका। ढापटोलका ६२ परिवार गत बिहिबारदेखि बागमतीको बाँधमा प्लाष्टिक तथा त्रिपालको टहरा बनाएर बसिरहेका छन्।
तीन दिनदेखि डुबानमा परेको रौतहटको गौर नगरपालिकासहित आसपासका दर्जन बढी गाउँमा पानीको सतह घटेपछि पाँच जनाकाे शव फेला परेकाे छ।
भरतपुर महानगरको बाईपास रोडमा रहेको जुनियर प्रहरी शिक्षालयमा खुशी साट्नेहरु उपस्थित थिए। शिक्षालयबाट आईतबार दिक्षित भएर ३ सय ५ जना नेपाल प्रहरीको सेवामा प्रवेश गरे। तालिम पुरा गरेर प्रहरी बन्न सफल भएकाहरुले परिवार, आफन्त र साथीभाइसँग खुशी बाँडे।
बेलहिया–भैरहवा ६ लेन सडकअन्तर्गत आँखा अस्पतालनजिकै राखिएको बुद्ध मूर्ति । सडकमार्गबाट आउने पर्यटकहरूमा बुद्ध जन्मस्थल लुम्बिनी प्रवेशको झ–झल्को दिने उद्देश्यले सिद्धार्थनगर नगरपालिकाले ६ लेन सडकका विभिन्न ठाउँमा बुद्ध मूर्ति राखेको छ । तस्बिरः मोहम्मद हबिब/नागरिक
राजधानीमा मनाउने जात्राहरु मध्ये एक हो त्रिशुल जात्रा। पशुपतिनाथ मन्दीर वरपर यो जात्रा मनाउने गरिन्छ। यक्ष मल्लको पालादेखि यो जात्रा मनाउन सुरु गरिएको विश्वास छ। निकै कलात्मक मानिने यो जात्रामा बालबालिकालाई त्रिशुल रोपेको जस्तो देखाउने गरिन्छ। वुधबार पनि जयबागेश्वरी क्षेत्रमा यो जात्रा मनाइएको छ।
प्रदर्शनका कारण सडकमा सवारी आवागमनमा समस्या भएको छ।
काठमाडौं उपत्यकामा भोटो देखाइएको छ। रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत भोटोजात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी छिन्। राष्ट्र प्रमुखले भोटोजात्राको अवलोकन गर्ने परम्परा छ। सोही अवसरमा उनले पाटनकी कुमारी निहिरा बज्राचार्यको दर्शन पनि गरिन्।
विश्व टेबलटेनिस दिवसका अवसरमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल टेबलटेनिस खेल्दै ।
धनगढी प्रिमियर लिग (डीपीएल) काे तेस्राे संस्करण शनिबार बिदा भएकाे छ। तेस्राे संस्करणमा डीपीएलले सिवाइसी अत्तरीयालाई नयाँ विजेता पाएकाे छ। यसअघिका दुबै संस्करणकाे उपाधि धनगढीले जितेकाे थियाे। यसपटक धनगढीले समूह चरण समेत पार गर्न सकेन।
नेपाली सेनाले सेना दिवस विशेष कार्यक्रम गरेर मनाएको छ। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट व्यक्तिहरु सहभागि भए।
टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई आज संसदका रुपमा सपथ ग्रहण गराइएको छ। प्रतिनिधि सभाका सभमुख कृष्णवहादुर महराले उनलाई सपथ गराएका हुन्।
यो चिटिक्क बस्ती लेकाली क्षेत्रको ओखरेनी बस्ती हो। पाँचपोखरी थाङपाल गाउँपालिकाको लागार्चेमा पर्ने यो गाउँ झण्डै साढे २ हजार मिटरको उचाइमा छ। झण्डै ४० परिवार बस्ने यो सानो गाउँमा सबैभन्दा माथि बिशाल बुद्धमूर्ति छ। पश्चिमतिर जुगल हिमशृंखला टलक्क टल्किएको छ।