१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

फूलैफूलको मौसम (फोटो फिचर)

दुलेगौँडा (तनहुँ)-  तिहारमा सप्तरंगी टिका, मखमली र सयपत्री फूलको मालाको बिशेष महत्व हुन्छ। बजार अहिले फूलैफूलको भएको छ।

यमपञ्चकको पाँचै दिन फूल अति आवश्यक पर्दछ।  तिहारलाई लक्षित गर्दै व्यवसायीक फूल खेती गरेकाहरुलाई फूल टिप्ने, माला उन्ने र बजारसम्म पुर्‍याउन भ्याइनभ्याइ छ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ सुन्दरेस्थित सुरौदी खोला किनारमा ढकमक्क फूलेका छन् सयपत्री फूलहरु। पहिलोपटक फिरफिरे अर्गानिक कृषी फर्मले व्यवसायिक फूल खेती गरेको हो। फर्ममा १० हजार  सयपत्रीका बोटमा फूल फूलेका छन्।

यहाँको फूल, माला पोखरा र तनहुँका विभिन्न बजारहरुमा स्टल राखेर खुद्रा बिक्री गर्ने संचालक मदन पौडेलले जानकारी दिए। आयतित फूल रोक्ने उदेश्यले लगाइएको फूल बिक्रीबाट तिहारमा १० देखी १५ लाख रुपैयाँसम्म हात पार्ने अनुमान गरेको उनले बताए। 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App