१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

हिमालको काखमुनि सानो मेरो गाउँ (फोटो फिचर)

तस्बिर : ध्रुव/नागरिक

ओखरेनी (सिन्धुपाल्चोक) - यो चिटिक्क बस्ती लेकाली क्षेत्रको ओखरेनी बस्ती हो। पाँचपोखरी थाङपाल गाउँपालिकाको लागार्चेमा पर्ने यो गाउँ झण्डै साढे २ हजार मिटरको उचाइमा छ। झण्डै ४० परिवार बस्ने यो सानो गाउँमा सबैभन्दा माथि बिशाल बुद्धमूर्ति छ। पश्चिमतिर जुगल हिमशृंखला टलक्क टल्किएको छ। हिमाल र बुद्धमूर्तिले गाउँको शोभा बढाएको छ।

राता, साना आकारका घरहरु चिटिक्क छन्। बस्तीको बीचमा छ जोडी बौद्धस्तुपा। हिमाल र स्तुपाका दुबैको रंग सेता छन्।हिमाल र स्तुपा भलाकुसारीमा व्यस्त भए झैँ लाग्छ। ती शान्तिका कुरा गरिरहेका भान हुन्छ। टाँगिएका ध्वजापतकाले गाउँको सौन्दर्यतामा अझ निखारता ल्याएको छ। बाह्रैमास सिरिरी चल्ने सिरेटोमा फहराइरहने ध्वजापतकाले आगन्तुकलाई गाउँमा स्वागत गरिरहन्छन्। हिमालको काखमा बुद्धमूर्ति, बौद्धस्तुपा, फहराइरहने झण्डा बीचमा राता घरहरुले गाउँको शृंगार अझ खुलाएको छ।

यो गाउँ विनासकारी भूकम्पले तहसनहस बनायो। घर ढाल्यो, बौद्धस्तुपा पनि भत्कायो। भूकम्प अघि पनि यो गाउँ सुन्दर थियो। तर अहिलेको जति चाहिँ होइन्। बुद्धको मूर्ति एक स्थानीयले व्यक्तिगत लगानीमा बनाएका हुन्। तर सबैले पूजापाठ गर्न पाउँछन्। घरैपिच्छे चन्दा उठाएर गाउँलले बौद्धस्तुपा पुनर्निर्माण गरे। बौद्धमार्गी समुदाय मिलेर बस्न रुचाउँछन्। पहिले ढुंगामाटाका परम्परागत घर थिए। बदलामा बलिया घर ठडिएका छन्, त्यो पनि उस्तै आकार शैली र रंगमा।

‘भूकम्पले गाउँको चमकै फेरिदियो,’ सुन्दर गाउँ नियाल्दै स्थानीय दावा लामाले भने। तत्कालीन ज्यामिरे, सिम्पालकाभ्रे, भोटेनाम्लाङ गाविसको बीचमा पर्ने यो गाउँलाई सदरमुकाम चौतारा र पश्चिमी मुकाम मेलम्चीबाट सडकमा जोडिएको छ। नियमित बस चल्छन्। यहाँबाट छिमेकी जिल्ला रसुवाको लाङटाङ हिमाल पनि देखिन्छ। अब गुराँश फूल्ने समय हुनै लाग्यो। गुराँश फूल्दा गाउँ दुलही झैँ सिंगारिन्छ। पछिल्लो समय आन्तरिक पर्यटकको चासोमा पर्न थालेको यो गाउँमा स्थानीय होमस्टे (घरवास) सञ्चालनमा ल्याउने तयारीमा जुटेका छन्। 

तस्बिर : ध्रुव/नागरिक
तस्बिर : ध्रुव/नागरिक
तस्बिर : ध्रुव/नागरिक
तस्बिर : ध्रुव/नागरिक
तस्बिर : ध्रुव/नागरिक
तस्बिर : ध्रुव/नागरिक
तस्बिर : ध्रुव/नागरिक
तस्बिर : ध्रुव/नागरिक
तस्बिर : ध्रुव/नागरिक
तस्बिर : ध्रुव/नागरिक
तस्बिर : ध्रुव/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App