४ वैशाख २०८१ मंगलबार
फोटो फिचर

पोखरामा बोलबमको रौनक (फोटो फिचर)

पोखरा- साउनको सोमबार पोखरामा जल यात्रा भजनकीर्तन सहित बोलबम सुरु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर–१, वगर शुक्लागण्डकी गाइघाटबाट जलयात्रा शुरु गरि पोखरा वैदाममा रहेको केदारेश्वर महादेवको मन्दिरमा पुगि जल यात्रा समपन्न भएको हो। प्रत्येक वर्ष साउनको सोमबार बोल वम मनाउने गरिन्छ।

सोमबार भक्तजनहरुले बगरदेखि बैदामस्थित केदारेश्वर मन्दिरसम्म करिब ८ किलोमिटर पैदलयात्रा गर्छन्। हात–हातमा जल लिएर भगवान् शिवको भजन–कीर्तन गरि केदारेश्वर मन्दिर पुगेर १ सय ८ शिवलिंगमा जलार्पण गरेपछि यात्रा सम्पन्न भएको मानिन्छ।

यसपालि साउनमा ४ वटा सोमबार परेका छन्। शिवलिङ्गमा पवित्र जल तथा बेलपत्र चढाउन कास्कीका विभिन्न स्थान सहित छिमेकी जिल्लाबाट समेत भक्तजन मन्दिरमा आउने गर्छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App