१८ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

एमाले संसदीय दलको बैठक सुरु

नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ।

भोलिदेखि संसदको अधिवेशन सुरु हुने भएकाले आजको बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने बताइएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक जारी रहेको छ। फागुन २१ गते भएको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिटसहित २५ जना सांसद रहेका छन्।

महासचिव शंकर पोखरेलले सांसदहरूलाई पार्टीको नीति र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउने बताइएको छ।

दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको चर्चा छ। यता, सुहाङ नेम्वाङले पनि पार्टी आफूलाई दलको नेताको रूपमा देख्न चाहेमा आफू तयार रहेको बताउँदै आएका छन्।

प्रकाशित: १८ चैत्र २०८२ १२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App