१ कार्तिक २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसको कामचटका प्रायद्वीपमा ७ म्याग्निच्युडको भूकम्प

रुसको कामचटका प्रायद्वीपमा शुक्रबार ७ म्याग्निच्युडको भूकम्प गएको छ। युरोपेली–भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्र (ईएमएससी) ले भूकम्प गएको जानकारी दिएको हो।

स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः३५ बजे भूकम्प गएको थियो। भूकम्प १५२ किलोमिटर गहिराइमा गएको बताइएको छ। अमेरिकी सुनामी चेतावनी केन्द्रले भूकम्पपछि सुनामीको खतरा नरहेको जनाएको छ।

कामचटका प्रायद्वीप प्रशान्त महासागरको अधिकांश भागलाई घेर्ने टेक्टोनिक क्षेत्र ‘रिङ अफ फायर’ मा अवस्थित छ। यो क्षेत्र भूकम्पीय गतिविधिका लागि संवेदनशील मानिन्छ।

गत वर्ष जुलाईमा यस क्षेत्रको तटीय भागनजिक ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। त्यसपछि आएको सुनामीले तटीय गाउँको एक भाग समुद्रमा बगाएको थियो।

प्रकाशित: ३० आश्विन २०८३ १०:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App