सुनसरीको इटहरीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट तीन लाख ७१ हजार १० रुपैयाँ नगद र पाँच बुङ ताससमेत बरामद गरेको छ।
इटहरी उपमहानगरपालिका–१८, नयाँटोलस्थित दुर्गाबहादुर कार्कीको घरमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रदेश अनुसन्धान समूह (पीआईटी) र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त टोलीले शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सप्तरीको सप्तकोशी नगरपालिका–२ का ४० वर्षीय विश्वास थापा मगर, सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय कुमार राई, इटहरी उपमहानगरपालिका–१८ का ५२ वर्षीय दुर्गाबहादुर कार्की, इटहरी–२० का ३५ वर्षीय सञ्जीव श्रेष्ठ र बराहक्षेत्र नगरपालिका–५ का २८ वर्षीय विकास बस्नेत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीले जारी गरेको विज्ञप्तिअनुसार घटनास्थलबाट पाँच बुङ तास र तीन लाख ७१ हजार १० रुपैयाँ नगद बरामद गरिएको छ।
प्रकाशित: ३० आश्विन २०८३ २१:३९ शुक्रबार





