अंगीकृत शब्दहरू वंशजमा

नेपाली समाजले अनेक सम्मिश्रित भाषिक क्षमता बढाउँदै शब्दहरूको  जुन भण्डार र स्वरूप कायम गरेको छ त्यो अत्यधिक बिग्रेको छैन वा बिग्रेकै छैन भने पनि हुनेखालको छ। शब्दहरूलाई छेकबार गर्न नमिल्ने खुला सीमाको नेपाली भाषा भएकाले यो अझ समृद्ध र सम्पन्न हुनेछ, तर सचेत हुनुपर्ने चुरो कुरो एउटा यो छ, यो भाषालाई कुरूप बनाउने प्रयोगहरू नगरौँ।