२६ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

जापानमा जेल परेपछि काठमाडाैंमा दलाल पक्राउ

काठमाडौं— जापान पठाइदिन्छु भनेर ठगी गर्ने आरडिसी एजुकेसन कन्सल्टेन्सीका सञ्चालक सोमराज घलेलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं गोंगबु स्थित घलेले गोरखा हंसपुर–१ का गणेश अधिकारीसँग वर्किङ भिषामा जापान पठाइदिन्छु भनी ११ लाख ५० हजार रुपैयाँ असुलेका थिए।जापानमा चाउचाउ कारखानामा आकर्ष तलब पाइने प्रलोभन दिएर रकम असुली गरे पनि जापान पुगेपछि अधिकारीले काम पाएनन्। बरु उनलाई जापान प्रहरीले पक्राउ गरी जेल पठाएको थियो।

एक महिना जापानको जेलमा बिताएर स्वदेश फर्किएपछि उनले आफूलाई झुटो सूचना दिएर ठगी गरेको भन्दै महानगरीय अपराध महाशाखामा उजुरी दिएका थिए। सो उजुरीका आधारमा महाशाखाबाट खटिएको टोलीले सोमबार घलेलाई पक्राउ गरेको हो।

प्रकाशित: ४ फाल्गुन २०७२ ०४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App