२ चैत्र २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

पूर्वका पाठकको सम्मानका निम्ति घुम्ती साहित्यिक उत्सव

अमर खड्का

साहित्य, पुस्तक र पाठकलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित शनिबार कार्यक्रम हुँदा साहित्यिक उत्सवमय बन्यो, इटहरी  । फाइन्ट प्रिन्ट फिभरः घुम्ती साहित्य उत्सव अन्तर्गत कार्यक्रम भएको हो ।  

महानायक राजेश हमालको पुस्तक युगदेखि युगसम्मसहित छ जनासँग पुस्तक लेखकहरुसँग अन्तरक्रिया भयो । हमालको पुस्तकमा केन्द्रित रहेर कवि मनु मञ्जिलले अन्तरक्रिया गरे ।  

यसैगरी २०८१ को मदन पुरस्कार विजेता उरमालका लेखक छुदेन काविमोसँग नाट्यकर्मी प्रज्वल पराजुलीले सहजीकरण गरे । संवादका क्रममा कविता फूलको थुङ्गा र उपन्यास सवैलाई सजाउने चिज भएको बताए । उनले भने, ‘हरेक क्रियटिभिटीमा सुन्दर कथा लुकेको हुन्छ । म नदेखेको कुरा खोज्ने प्रयास गर्छु ।’ उनले आफू पूरा सिर्जनामा विश्वास गर्ने भएकाले गर्दा कुनै पनि वाद र सिद्दान्तमाथि प्रवेश गर्न नहुने सुल्झाए । मदन पुरस्कार विजेता छुदेनले वाद र सिद्दान्तमाथि प्रवेश गर्‍यो भने त्यसको भारी बोक्नुपर्ने बताए ।  

साहित्य उत्सवमा डा. नवराज केसीको पुस्तक स्वस्पर्शमा केन्द्रित रही नाट्यकर्मी सोनु जयन्तीले सहजीकरण गरे । सो क्रममा डा. केसीले जीनवको विश्वविद्यालय अनुभव भएकाले गर्दा आफ्नो जीवनलाई अलिक परबाट हेर्नुपर्ने बताए । उनले जसको शब्द शब्द लेख्दा र पढ्दा निःशब्द बन्छौ, त्यस्तो पात्रको कथा बन्ने बताए । कर्णली प्रदेशको सुर्खेतमा बाल रोग विशेषज्ञको रुपमा कार्यरत केसीले जीवनमा पीडा र तनाबभन्दा चरम खुसी र आनन्दले जिउने उपायको खोजी गरिनुपर्ने सुल्झाए ।  

साहित्यिक उत्सवमा २०८१ को पद्यश्री पुरस्कार विजेता पुस्तक छालबाटोका लेखक रमेश भुसालसँग डा.अस्मिता विष्ट, र ददि सापकोटाको पुस्तक ज्ञानिकामाथि पत्रकार मिलन बुढाथोकीले सहजीकरण गरे । यस्तै, सुबिन भट्टराईको चमेलीको फूल, बैजनी रुमालमाथि कवि धीरज राईले सहजीकरण गरे ।

सो क्रममा ११ जनाले कविता वाचन गरे । जसमा  धिरज राईले कसम,  टीका आत्रेयले मौनताको धुँवा, तीर्थराज विश्वकर्माले एक भेट भरियासँग, शुभलक्ष्मी लम्सालले राम्री भन्नेहरूलाई, विवेक विवश रेग्मीले चित्र र अस्मिता विष्ट – ह्वाट्स–एपमा अश्वस्थामाको म्यासेज कविता वाचन गरिन् । यस्तै, अमित थेबेले विजयपुर र मौनता, सकुन्तला मञ्जरीले श्रम र सहर, सुदीप पाख्रिनले बोध, मनु मन्जिलले निदाएको लहर र देवान किरातीले मृत्युको गुलाब कविता वाचन गरे ।  

फाइन्ट प्रिन्टले पूर्वका पाठकको सम्मानका लागि घुम्ती साहित्यिक उत्सव गरेको हो । फाइन्ट प्रिन्टमार्फत प्रकाशन भएका पुस्तकको पाठक सवैभन्दा बढी पूर्वका रहेकाले गर्दा पाठकको सम्मानका लागि कार्यक्रम गरिएको जानकारी दिइयो । साहित्यिक उत्सव शब्द प्रवाह, काव्य डबली र केआइइसीको सहकार्यमा भएको थियो ।  

कवि देवान किरातीको सहजीकरण र बद्री भिखारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत निरज भारीले गरेका थिए । विषयवस्तुको प्रवेश कवि मनु मञ्जिलले गरेका थिए । उनले सो क्रममा किताबहरुले पढ्ने मानिसलाई मानवीकरण गर्ने सुल्झाए । साहित्यिक उत्सवमा सुनसरी र मोरङका लेखक तथा साहित्यकारको बाक्लो जमघट थियो । कार्यक्रम बिहान ११ बजेदेखि सुरु भएर साँझसम्म चल्यो । 

प्रकाशित: २६ पुस २०८२ १८:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App