२६ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

सेन्ट्रल जेलका कैदी गेष्टहाउसमा युवतिसहित भेटिए

केपी ढुंगाना, काठमाडौं, मंसिर २१- डाँका मुद्दामा केन्द्रीय कारागार सुन्धारामा कैद सजाय भोगिरहेका सुनिल तामाङ बागबजारको गेस्ट हाउसमा युवतीसहित फेला परेका छन्। कारागारका तीन जना प्रहरीसहित बाहिरिएका उनलाई महानगरीय प्रहरी आयुक्त कार्यालयका टोलीले बागबजारको लोटस गेस्ट हाउसको कोठामा युवतीसहित फेला पारेको हो।
उनलाई हवल्दारको कमान्डमा हतियारसहितका प्रहरी टोलीले किनमेलको बहानामा करागारबाट बाहिर निकाली गेस्ट हाउस लगेको खुलेपछि आयुक्त कार्यालयले उनीहरुलाई कारबाहीको दायरामा ल्याएको स्रोतले बतायो। 

स्थानीयले बन्दुकसहितका प्रहरीलाई र हतकडीसहितको कैदी गेस्ट हाउस छिरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। आयुक्तको टोली गेस्ट हाउसमा पुग्दा तामाङ एक कोठामा युवतीसहित फेला परेका थिए भने अन्य तीन प्रहरी अर्को कोठामा बसिरहेको अवस्थामा फेला परेका थिए।

स्रोतका अनुसार तामाङसँगै फेला परेकी युवती उनकै पत्‍नी भएको दाबी गरिए पनि अनुसन्धानमा भने सो को पुष्टि हुन सकेको छैन।

फेला परेका हवल्दार रामअवतार यादव र सिपाहीद्वय रमेश थापा र भुव श्रेष्ठलाई आयुक्त कार्यलयले निलम्बन गरेको छ।

प्रकाशित: २१ मंसिर २०६९ ०७:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App