२७ पुस २०८२ आइतबार
image/svg+xml
अन्य

कञ्चटमा पेस्तोल तेर्साएर लुटपाट गर्न खोज्ने पक्राउ

बारा— कञ्चटमा पेस्तोल तेर्साएर मोटरसाइकल लुट्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। कलैया नगरपालिका–२ आधापुर, हनुमान चोक नजिक मोटरसाइकलमा आउँदै गरेका स्थानीय सुरजप्रसाद केसरीलाई रोकेर गणेशप्रसाद पटेल नेतृत्वको समूहले कञ्चटमा पेस्तोल तेसाई ५० हजार रुपैयाँ माग गरेको थियो।मोटरसाइकलमा विस्कुट लोड गरिएको थियो। व्यापारी भएको थाहा पाएपछि लुटेराहरुले ५० रुपैयाँ मागेका थिए। अाफूसँग त्यत्रो पैसा नभएको बताएपछि उनलाई लुटेराहरुले धम्क्याएका थिए। 'मसँग साथमा पैसा छैन घरबाट ३० हजार रुपैयाँ लिएर आउँछु' भनेपछि लुटेराहरुले माेटरसाइकल छोडेर जान भनेका थिए। मोटरसाइकल त्यहीँ छोडेर हिँडेका केसरीले त्यसपछि घटना विवरण प्रहरीलाई जानकारी गराइिदएका थिए।

पूर्व सर्तअनुसार भवानीपुरमा पैसा लिन आएका पटेललाई प्रहरी टोलीले रंगेहात पक्राउ गर्‍याे।

बाराका प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लका अनुसार भवानीपुरबाट पक्राउ परेका उनको साथबाट पेस्तोल भने भेटिएको छैन।

लुटपाटमा संलग्न अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। खोजी सूचिमा रहेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन।

पक्राउ परेका पटेललाई जिल्ला प्रहरी कार्यालय बारा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको मल्लले बताए।

प्रकाशित: २० कार्तिक २०७२ ००:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App