२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
कला

‘सिलु उत्सव’ मा रमाए दर्शक

ललितपुर – नेपाल सम्वतअनुसार दशौं महिना गुंलाको अवसरमा ‘सिलु फेस्टिभल इन दरवार’ को आयोजना गरेको छ। शनिबार पाटन दरबार क्षेत्रको नासःचुकमा आयोजित फेस्टिभलको सुरूवात बौद्ध लिला नाचबाट गरिएको थियो।

तीन सय ८० वर्ष मानिने बौद्ध लिला नाच कार्तिक नाचअन्तर्गत पर्दछ। एक महिनासम्म संचालन हुने कार्तिक नाच हाल १२ दिनसम्म प्रदर्शन भइरहेको छ। दिनेश महर्जनको नेतृत्वमा आःजु कान्छा महर्जन, गीत सानुकाजी महर्जन, खिं (बाजा) बेखालाल महर्जन, नामसंगीति बाबुकाजी महर्जनका साथमा सहायक दशरथलाल महर्जन, गौतम महर्जन, नारायण महर्जन, बाबुराजा महर्जन, त्रिरत्न महर्जन, सानु महर्जन, रत्न महर्जन, विजय महर्जन, मधुर महर्जन, चन्द्रलाल महर्जनले गाएको भजनमा अबिज महर्जन, एन्जेल महर्जन, आभाष महर्जनले खिं वादनमा साथ दिएका थिए।

कार्तिक नाच संरक्षण समितिका प्रतापधर शर्मा र सुरेन्द्र बज्राचार्यको खिं वादनमा उत्तमरत्न शाक्य, सुप्रिन शाक्य, पुजन श्रेष्ठ, रिजन महर्जन कोसिस ताम्रकारले यो नाच प्रस्तुत गरेका थिए भने लुभु महालक्ष्मी धाः दाफा खलःका विपु श्रेष्ठ युजेश श्रेष्ठ, सुनील श्रेष्ठ, प्रसन्न श्रेष्ठ, अभिषेक श्रेष्ठ, सनिष श्रेष्ठ र रोजेश श्रेष्ठले गायनमा साथ दिएका थिए।
फेस्टिभलको आयोजना प्रोजेक्ट बाजा नेपालले गरेको थियो। सरोदवादक सुरेशराज बज्राचार्य, फिरोज बज्राचार्य, भ्वाइलिन मिलन तण्डुकार, तालवादन लक्ष्मीप्रसाद डंगोल, विपु श्रेष्ठ, ताः, भुस्याः, छुस्याः, इफेक्ट सजिष श्रेष्ठ, रोजेश श्रेष्ठ, बास गिटार भूपेन्द्र बज्राचार्य, गिटार सुमन महर्जन, बाँसुरी स्वर्णीम महर्जनले प्रस्तुत गरेको भगवान ग्वारापछि ‘जय नमोश्री बुद्ध भगवान’ प्रस्तुत गरिएको थियो।

फेस्टिभलमा प्रोजेक्ट बाजा नेपालले नेवार सांगीतिक परम्पराको सिलु धुन प्रस्तुत गरेको थियो। गुंपुन्ही अर्थात जनै पुर्णिमाको दिन सिलु (गोसाईकुण्ड) मा मेला भर्ने चलनको उल्लेख रहेको यस गीतमा पतिपत्नीको सिलु यात्रा वर्णन गरिएको कथा समेटिएको छ।

गुंलाको अवसरमा ललितपुरमा प्रत्येक वर्ष मनाइने श्रृंगभेरी जात्रा मतयाः अर्थात दीप यात्राको क्रममा गाइने परम्परागत गीतहरुको धुन प्रस्तुत भइरहँदा दर्शकहरु नाचगान गरेर रमाएका थिए।

कार्यक्रममा राजिप बज्राचार्यले शान्त भैरवको प्रतीक लाखे नाच प्रस्तुत गरेका थिए। इन्द्र जात्राको अवधिमा नाचिने लाखे नाचले समाजका नकारात्मक शक्तिहरु पराजय गर्ने मान्यता राख्दछ। सो लाखे नाचको म्वालि (सहनाई) मा श्याम नेपालीले साथ दिएका थिए। नेपालको परम्परागत बाजा संरक्षणमा काम गरिएको जानकारी प्रोजेक्ट बाजा नेपालका अध्यक्ष फिरोज बज्राचार्यले गराएका थिए।

 

 

 

प्रकाशित: २७ श्रावण २०७६ ०३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App