७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा अनलाइन सपिङ गर्ने बढे

दक्षिण कोरियामा अनलाइन सपिङ गर्ने नागरिकको संख्या निकै बढेको छ । यहाँका अधिकारीहरुले दक्षिण कोरियामा अनलाइन सपिङ गर्नेको संख्या अहिलेसम्मकै बढी भएको पाइएको बताएका छन्।

कोभिड १९ को समस्या बढ्दै गएपछि यहाँका नागरिकहरुले खाद्यान्नदेखि अन्य आवश्यकताका वस्तुहरु पनि अनलाइनबाट नै खरिद गर्ने गरेका पाइएको छ।

गत वर्ष यहाँ अघिल्लो वर्षका तुलनामा नागरिकले २१ प्रतिशत बढीले अनलाइनबाटै खरिद गर्ने गरेका पाइएको छ। गत वर्ष यहाँका नागरिकले करिब १६० बिलियन अमेरिकी डलर बराबरका सामानहरु अनलाईनबाटै खरिद गरेका छन्।

यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी भएको यहाँका आर्थिक क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरूले कोभिडका कारण नै नागरिकहरु बाहिर ननिस्किएर अनलाइनबाट सामान मगाएको पाइएको बताएका छन्।

प्रकाशित: २१ माघ २०७८ ०७:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App