coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आमा कोरोनामुक्त भएर फर्केपछि छोराबुहारी घरमा ताला लगाएर भागे

कोरोना (कोभिड १९) संक्रमण देखियो भने मानिसहरु आत्तिन्छन्। स्वयं संक्रमित मात्रै होइन समाजले पनि उनीहरुलार्ई हेर्ने नजर फरक हुन्छ। कतिपय अवस्थामा संक्रमितलाई समाजबाट बहिष्कार गरेकासम्मका घटना बाहिर आइरहेका छन्।

भारतमा एक यस्तै घटना बाहिर आएको छ। घटना तेलगनाको निजामावादको हो। कोरोना संक्रमणमुक्त भएर घर फर्किएकी आमालाई आफ्नै छोराले बहिष्कार गरेका छन्। प्रहरीकाअनुसार ६५ वर्षीया ती महिला छोरासँग बस्दै आएकी थिइन्। श्रीमानले अर्को बिहे गरेर छुट्टै बस्दै आएका छन्।

भारतीय सञ्चार माध्यमकाअनुसार पछिल्लो समय छोराले पनि उनलाई साथ दिन छोडेका थिए। छोराले नै उनलाई वृद्धाश्रम लगेर राखेका थिए। तर आश्रममै संक्रमित भएपछि उनलाई अस्पताल लगियो। अस्पतालबाट डिस्चार्ज हुँदा पनि आश्रममा आइसोलेटेड भएर बस्ने ठाउँ मिलेन।

त्यस कारण उनी छोरासँग बस्न घर गइन्। तर आमा आउने थाहा पाएपछि छोराबुहारी घरमा ताला लगाएर हैदरावाल हिडे। छोराले घरमा ताला लगाएर हिडेपछि उनी तीन दिनसम्म बाहिरै बसिन्। छिमेकीले दिएको केही खाना खाएर बाचिरहेकी छन्।

प्रकाशित: ६ आश्विन २०७७ ०८:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App