२१ वैशाख २०८३ सोमबार
image/svg+xml

सर्पदंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिँदै

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालदेखि प्राथमिक स्वास्थ्य केन्द्रसम्म सर्पदंशको उपचार सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।

संविधानले राष्ट्रपतिलाई अध्यादेश चयन गर्ने वा फिर्ता गर्ने अधिकार दिएको छैन : मिलन पाण्डे

विवेकशील साझा पार्टीका पूर्वनेता मिलन पाण्डेले संविधानले राष्ट्रपतिलाई अध्यादेश चयन गर्ने वा फिर्ता गर्ने अधिकार नदिएको भनाइ राखेका छन्।

भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी

वर्षैभरि प्रायः सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा यतिबेला भने चहलपहल बढ्न थालेको छ।

लिपुलेकबारे नेपाललाई भारतको जवाफ : एकतर्फी धारणा बनाउनु अस्वीकार्य

नेपालले आफ्नो धारणा सार्वजनिक गरेपछि भारतीय विदेशी मन्त्रालयका प्रवक्ता रनधीर जैसवालले नेपालको धारणा ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको बताएका छन्।

हजारौं बिघा अझै भूमाफिया र व्यक्तिको कब्जामा

सरकारले देशभरका भूमिहीन किसानका समस्या समाधान गर्ने भन्दै सरकारी जग्गा खाली गराइरहेका बेला राजनीतिक आडमा व्यक्ति तथा भूमाफियाद्वारा कब्जा गरिएको नुवाकोटको शेरा दरबार, दाङको स्वर्गद्वारी आश्रम र बृहत्तर जनकपुर क्षेत्रको हजारौं बिघा जमिन अझै स्पष्ट छानबिनको दायरामा आउन सकेको छैन ।

मानव–वन्यजन्तु द्वन्द्व घटाउन ‘कृत्रिम गन्ध सङ्केत’ प्रयोग

बाघ र चितुवाजस्ता वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्नबाट रोक्ने उद्देश्यले ‘कृत्रिम गन्ध सङ्केत’ प्रयोगमा ल्याइएको हो।

गण्डकीमा सात हजार ६१ जनाको निःशुल्क स्वास्थ्य बिमा

गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा अपाङ्गता भएका, मिर्गौलापीडित बिरामीका परिवारलगायत सात हजार ६१ जनाको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ।

सीकेको कटाक्ष : महेन्द्र राजमार्ग वरिपरिका सबै शहर र बस्ती खाली गराउनुपर्यो, सबै अतिक्रमित हुन्

'कुनै जमानामा खोला किनार थियो रे, त्यसैले खाली गर्नु पर्यो! त्यसो भए महेन्द्र राजमार्ग वरिपरिका सबै शहर र बस्ती खाली गराउनु पर्यो, जंगल थियो, सबै अतिक्रमित हुन्,' उनले भने।

सुकुटेमा कविता साँझ: र्‍याफ्टिङमा पनि कविता वाचन

कार्यक्रमको दोस्रो दिन सुकुटे कविता बिहानी कार्यक्रममा कविहरूबाट प्रगतिशील कविता वाचन गरिएको थियो।

कारोबार नहुँदा मेची भन्सारका ५ वटा छोटी भन्सार बन्द

राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अरु पाँच वटा छोटी भन्सार बन्द अवस्थामा छ।

बनेपाको चण्डेश्वरी भगवती जात्रा सम्पन्न

काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ बर्षदेखि वैशाख पूर्णिमाको अवसरमा मनाइँदै आइएको ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न भएको छ।

'रवि लामिछाने जी, आफ्ना सांसदहरूकै घर पुर्जाबिनाको देखेर हो प्राधिकरण बनाउन खोजेको?'

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले रास्वपा सभापतिको अभिव्यक्ति आउन ढिला भएको बताएका छन्।

केही स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार केही स्थानमा मध्यमदेखि केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।

सिरहामा ६० हजार बालबालिकाको पोषण अवस्था मूल्याङ्कन गरिने

जिल्लामा मातृ तथा शिशु स्वास्थ्यलाई सुदृढ बनाउने लक्ष्यका साथ ‘सुनौलो हजार दिनका आमाहरूसँग पाँच वर्षमुनिका बालबालिकाको समुदायस्तरमा पोषण लेखाजोखा कार्यक्रम’ सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्