१५ वैशाख २०८१ शनिबार
image/svg+xml

तनहुँका पाँच स्थानीय तह कोरोनामुक्त

दश स्थानीय तहमध्ये ऋषिङ,घिरिङ,देवघाट,बन्दीपुर र आँबुखैरेनी गाउँपालिका कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।

५ हजार ३१६ कोरोना संक्रमण पुष्टि, ७ हजार २१९ जना संक्रमण मुक्त

पीसीआर विधिबाट चार हजार ५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा सङ्क्रमण पुष्टि भएको हो।

८ हजार ९ सय ८० थप संक्रमित, ८ हजार ८ सय ४८ संक्रमणमुक्त

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८ हजार ९ सय ८० जना नयाँ संक्रमित थपिएका छन् भने सो अवधिमा १ सय २९ को मृत्यु भएको छ।

कोरोनामुक्त भइन् १०१ वर्षीया हजुरआमा

बाल्यकालमा बिफरको महामारीसँग लडेकी गणेशमाया प्रजापतिले एक सय एक वर्षको उमेरमा कोरोनासँग जुध्नुप-यो। उनी संक्रमणमुक्त भएको खबरले सिंगो नगरमा खुसी छाएको छ।

९२ प्रतिशत गैरआवासीय नेपाली कोरोनामुक्त

कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा संक्रमित नेपाली मध्य ९२ प्रतिशत कोरोनामुक्त भएका छन्। गैरआवासीय नेपाली संघका अनुसार नेपाल बाहेक ४२ देशमा ३५ हजार ९ सय १६ जना नेपाली कोरोनामुक्त भएका हुन्।

आमा कोरोनामुक्त भएर फर्केपछि छोराबुहारी घरमा ताला लगाएर भागे

कोरोना (कोभिड १९) संक्रमण देखियो भने मानिसहरु आत्तिन्छन्। स्वयं संक्रमित मात्रै होइन समाजले पनि उनीहरुलार्ई हेर्ने नजर फरक हुन्छ। कतिपय अवस्थामा संक्रमितलाई समाजबाट बहिष्कार गरेकासम्मका घटना बाहिर आइरहेका छन्।

कोरोनामुक्त हुन खोप मात्र पर्याप्त होला

कोभिड–१९ भाइरस प्रसारण रोक्नु भनेको कुनै संक्रमणलाई कोभिड–१९ मा रुपान्तरण हुनबाट जोगाउनु पनि हो। यो पक्षलाई खोप निर्माताले ध्यान दिन आवश्यक छ।

प्रदेश १ : ९५ संक्रमित थपिए , हालसम्म १०७५ संक्रमित निको

प्रदेश १ मा ठूलो संख्यामा कोरोना संक्रमित थपिने क्रम जारी छ । शुक्रबार पनि ९५ जना नयाँ संक्रमित थपिएका छन् । जसमा मोरङमा सबैभन्दा धेर ६२ जना छन् । यो सँगै प्रदेशमा संख्या १ हजार ८ सय २१ पुगेको छ भने एक हजार ७५ जना कोरोनामुक्त बनेका छन् ।

सय दिनसम्म कोरोनामुक्त न्युजिल्यान्डमा फेरि देखियो संक्रमण !

‘हाम्रासामु गम्भीर स्थितिा देखापरेकाे छ,’ न्युजिल्यान्डका प्रधानमन्त्री जसिन्डा अर्डर्नले एक पत्रकार सम्मेलनमा भने, ‘यसलाई एकदमै संयमित र विधिवत तरिकाले समाधान गर्नुपर्छ ।’

एकैदिन १४६२ कोरोनामुक्त, निको हुनेको संख्या ४६५६

आजसम्मकै सबैभन्दा बढि कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार मात्र एक हजार चा। सय ६२ जना डिस्चार्ज भएको जानकारी दिए । यो संगै डिस्चार्ज हुनेको संख्या चार हजार ६ सय ५६ जना पुगेको छ ।

नरैनापुरः कोरोनामुक्त बनाइने प्रण

बाँकेको राप्तीपारि नरैनापुर गाउँपालिकाले कोरोना भाइरस कोभिड–१९ संक्रमणलाई स्थिर बनाउँदै गाउँपालिकालाई कोरोनारहित बनाउने प्रण गरेको छ। गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा यस्तो प्रण गरिएको हो। गाउँसभामा अध्यक्ष इस्तियाक अहमद शाहद्वारा प्रस्तुत ५० बुँदे नीति तथा कार्यक्रममा कोभिड—१९ को विषय पहिलो प्राथमिकतामा राखिएको छ।

वागमती प्रदेशमा रसुवा कोरोनामुक्त

चीनको वुहानमा कोरोना भाइरस शुरु हुनासाथ नेपालमा सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले गत माघ १५ गतेदेखि नेपालको उत्तरीनाका रसुवागढीको मितेरी पुलबाट आवतजावतमा रोक लगाइएको थियो।

भ्रमणका लागि सुरक्षित : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले नेपाल कोरोना भाइरस भुक्त रहेको सन्देश विश्वलाई दिनुपर्ने बताएका छन्। चीनबाट उद्धार गरिएका १ सय ७५ जनामा कोरोनाको संक्रमण नदेखिएपछि भट्टराईले नेपाल कोरोनामुक्त रहेको र भ्रमणका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश दिनुपर्ने बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्