७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बग्दादमा प्रदर्शन जारी:१६ प्रदर्शनकारीको मृत्यु, ४७ घाइते

बग्दाद- इराकको राजधानी बग्दादमा जारी प्रदर्शनका क्रममा भएको आक्रमणमा परी कम्तीमा १६ प्रदर्शनकारीको मृत्यु भएको छ। अपरिचित बन्दुकधारीले शुक्रबार प्रहार गरेको गोली लागी अरु ४७ जना घाइते भएका सुरक्षा अधिकारीहरुले जनाएका छन्।

बग्दादको मध्य भागमा पर्ने अल खलानी स्क्वायरमा शुक्रबार बेलुकाको समयमा घटना भएको जनाइएको छ। 'हामीलाई प्राप्त पछिल्लो विवरण अनुसार शुक्रबार बेलुका भएका घटनामा परी १६ प्रदर्शनकारीको मृत्यु भएको छ, भने ३४ जना घाइते भएका छन्,' एक सरकारी अधिकारीले भने।

घाइते भएकाहरुको अस्पतालमा उपचार भइरहेको र ती मध्ये केहीको अवस्था गम्भीर रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन्।

सुरुमा १० जनाको मृत्यु भएको र ३५ जना घाइते भएको बताइएपनि मृत्यु हुने र घाइते हुनेको संख्या पछि बढेको हो। मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।

सुरक्षाकर्मीहरुले हस्तक्षेप नगर्दासम्म बन्दुकधारीहरुले धेरै घरहरुमा लगातार गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरुले जनाएका छन्। तहिर स्क्वायर अहिले प्रदर्शनकारीहरुको मुख्य केन्द्र बनेको छ। सरकार विरोधी प्रदर्शनमा सयौँ सहभागी हुने गरेका छन्।

सरकारको पुनर्संरचना गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने, सार्वजनिक सेवामा सुधार गर्नुपर्ने, रोजगारी सृजना गर्नुपर्ने लगायतका माग राख्दै गत अक्टोबरको सुरुदेखि इराकमा सरकार विरोध प्रदर्शन चर्किदै गएको छ।

प्रकाशित: २१ मंसिर २०७६ १५:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App