१२ पुस २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँचको मृत्यु

भारत राजस्थानको राजधानी जयपुरमा बुधबार बिहान दौसा-मनोहरपुर राजमार्गमा ट्रक र जिप ठोक्किँदा दुलहा-दुलहीसहित पाँच जनाको मृत्यु भएको छ। छ जना जन्ती गम्भीर घाइते छन्।

जयपुर ग्रामीण क्षेत्रको रायसर इलाकास्थित भटकाबास गाउँ नजिकै भएको यो दुर्घटनामा तीव्र गतिमा आएको जिप र ट्रक आमने-सामने ठोक्किए। जिपमा सवार दुलहा-दुलहीसहित पाँच  जनाको घटनास्थलमै मृत्यु भयो। स्थानीयका अनुसार ठक्कर निकै जोडदार थियो।

घाइते जन्तीलाई नजिकैको निम्स अस्पताल लगिएको छ। अस्पतालका अनुसार उनीहरूको अवस्था गम्भीर छ। जिपमा सवारहरू मध्य प्रदेशबाट विवाह गरेर फर्किंदै थिए।

प्रकाशित: २८ जेष्ठ २०८२ ०९:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App