२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

गाडीको ठक्करबाट एकजनाको मृत्यु

गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका-५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका - १ टेम्पो पार्कको सडकमा उनलाई गाडीले ठक्कर दिएको थियो।

प्रहरीका अनुसार मदिरा सेवन गरेका बुढा सडकमा सुतिरहेको अवस्थामा अज्ञात गाडीले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। उनको प्रदेश अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दीपक मगराठीले बताए। ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ पुस २०८२ ११:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App