१७ माघ २०८२ शनिबार
image/svg+xml
समाज

ब्वाइलर विस्फोट : एकको मृत्यु, ६ जना घाइते

कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीको ब्वाइलर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य छ जना कामदार घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु बस्यालका अनुसार आज बिहान भएको ब्वाइलर विष्फोटमा सोही नगरपालिका–९ बलुवाका ४५ वर्षीय लक्ष्मण यादवको घटनास्थलमा नै मृत्यु भएको हो।

सबै घाइतेका हातखुट्टा जलेका छन्। उनीहरूलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ। विस्फोटनको कारण स्पष्ट भएको छैन। प्रहरी अनुसन्धान जारी छ।

प्रकाशित: १२ पुस २०८२ ११:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App