२७ चैत्र २०८१ बुधबार
image/svg+xml ५:२४ पूर्वाह्न
अन्तर्राष्ट्रिय

ट्रम्पका मन्त्रीको च्याट लिक: यमनमाथिको आक्रमणबारे चर्चा, ट्रम्प भन्छन्-'मलाई केही थाहा छैन'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका शीर्ष सुरक्षा अधिकारीहरूले यमनमा हुने आक्रमणको गोप्य योजना चुहावट गरेको पाइएको छ। द एट्लान्टिकका प्रधान सम्पादक जेफ्री गोल्डबर्गले सनसनीपूर्ण दाबी गरेका हुन्। यो खुलासाले अमेरिकी सरकारको सुरक्षा संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ।

गोल्डबर्गले भने, ‘मार्च ११ मा, मैले सिग्नल एपमा एउटा सन्देश प्राप्त गरेँ। यो खाता ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जको रूपमा पहिचान गरिएको थियो। मार्च १३ मा, मलाई हुथी पीसी स्मल ग्रुप नामको च्याट समूहमा जोडिएको सूचना आयो। उक्त समूहमा हुथी विद्रोहीहरूमाथि आक्रमणको समन्वयबारे छलफल भएको थियो।’

उनले थपे, ‘मार्च १५ मा, अर्को सन्देश आयो जसमा आक्रमण भइरहेको उल्लेख थियो। दुई घण्टापछि, वाल्ट्जले सोही समूहमा लेखे–अपरेशन सफल भयो।’ गोल्डबर्गका अनुसार, यो च्याटमा उनलाई भूलवश जोडिएको थियो। यसले ट्रम्प प्रशासनको लापरबाही उजागर भएको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो दाबीप्रति अनभिज्ञता प्रकट गर्दै भनेका छन्, ‘मलाई यसबारे केही थाहा छैन। मेरो लागि, द एट्लान्टिक एउटा बन्द हुन लागेको पत्रिका हो।’ यस्तै, रक्षामन्त्री पिट हेगसेथले पनि गोल्डबर्गको दाबीलाई अस्वीकार गर्दै भने, ‘तपाईं एक कपटी र कुख्यात तथाकथित पत्रकारको कुरा गर्दै हुनुहुन्छ। कसैले युद्ध योजनाको सन्देश पठाएको थिएन। मसँग अरू भन्नु छैन।’ यो घटनालाई लिएर विपक्षीले रक्षामन्त्री पिट हेगसेथको राजीनामा मागिरहेका छन्। 

प्रकाशित: १२ चैत्र २०८१ ०८:२५ मंगलबार

खुशी 50 %
दुखी 50 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App