२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको प्रमुख अस्पतालहरूमा जारी चिकित्सकको हडताल सकियो

सहकर्मीको बलात्कार र हत्याको विरोधमा भारतीय चिकित्सकहरूले सुरु गरेका हडताल तत्कालका लागि सकिएको छ।

सरकारी अस्पतालमा विगत ११ दिनदेखि जारी हडताल चिकित्सकहरूले बिहीवार अन्त्य गरेका हुन्। तर, कोलकातामा भने आन्दोलन जारी रहने भएको छ।

गत अगस्ट ९ मा भारतको पश्चिम बङ्गालस्थित कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको बलात्कार पछि हत्या गरिएको विरोधमा देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए।

भारतका विभिन्न सहरमा सरकारद्वारा सञ्चालित अस्पतालका चिकित्सक सङ्घहरूले अस्पतालको आकस्मिक सेवा बाहेकका सेवा बन्द गर्दै स्वास्थ्यकर्मीहरूले हडताल सुरु गरेका थिए।

महिलाविरुद्ध हिंसाको दीर्घकालीन मुद्दामा मात्र नभई उनीहरूलाई सुरक्षित काम गर्ने अवस्था प्रदान गर्न असफल भएकोमा पनि आक्रोश व्यक्त गर्दै सर्वसाधारण पनि विरोध प्रदर्शनमा उत्रिएका छन्।

बलात्कारपछि हत्या गरिएकी चिकित्सकलाई शिक्षण अस्पतालको सेमिनार हलमा फेला पारिएको थियो। शव परीक्षण प्रतिवेदनबाट यौन उत्पीडनको पुष्टि भएको छ भने अदालतमा दर्ता भएको निवेदनमा पीडितका आमाबाबुले छोरीलाई सामूहिक बलात्कार गरेको आशङ्का व्यक्त गरेका छन्।

कोलकोत्ता घटनाकारे भारतको केन्द्रीय अनुसन्धान ब्युरोले  जाँच गरिरहेको छ। रासस

प्रकाशित: ७ भाद्र २०८१ ०७:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App