अघिल्लो निर्वाचनको तुलनामा मोरङमा आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागि हुने मतदाताको संख्या ४७ हजारभन्दा बढीले थप भएको छ। निर्वाचन आयोगले पछिल्लो पटक प्रकाशित गरेको तथ्यांक अनुसार अघिल्लो निर्वाचनको तुलनामा ४७ हजार ५२५ मतदाता थप भएका हुन्।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा मोरङमा ७ लाख ३५ हजार ५ सय ३५ मतदाता रहेकोमा आगामि निर्वाचनका लागि ७ लाख ८३ हजार ५० कुल मतदाता संख्या पुगेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ।
कार्यालयका सूचना अधिकारी तिर्थराज अधिकारीका अनुसार आगामी निर्वाचनका लागि मतदान गर्न योग्य मतदाताको संख्या ७ लाख ८३ हजार ५० पुगेको हो। जसमा पुरुष मतदाताको संख्या ३ लाख ९९ हजार ६८६ रहेको छ भने महिला मतदाताको संख्या ३ लाख ८३ हजार ३ सय ५७ रहेको छ।
यस्तै मोरङमा कुल मतदान केन्द्र ८८८ वटा रहेको छ भने मतदान स्थल ३०६ वटा रहेको छ। अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा मोरङमा मतदान स्थल ३०६ र मतदान केन्द्र ८४५ रहेको थियो।
प्रकाशित: १३ पुस २०८२ १३:३८ आइतबार





