१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

‘नेपथ्य लाइभ इन सिलिगुडी’का लागि आधिकारिक टिसर्ट र मर्चेन्डाइज सार्वजनिक

 आउँदाे फेब्रुअरी २८ मा भारतको सिलिगुडीस्थित उत्सोधारा टिस्टा टाउनसिप (कावाखाली ग्राउण्ड पछाडि) मा आयोजना हुन लागेको ‘नेपथ्य लाइभ इन सिलिगुडी’ का लागि आधिकारिक टिसर्ट र मर्चेन्डाइज सार्वजनिक भएको छ।

यहाँ नेपाली लोक–रक व्याण्ड पहिलो पटक गुञ्जन लागेको हो। टिसर्ट र मर्चेन्डाइजलाई दार्जिलिङका सांसद राजु विष्टले सार्वजनिक गरेका हुन्।

पिभीई नेटवर्क र क्लब ग्राभिटीले संयुक्त रूपमा आयोजना गर्न लागेको कार्यक्रममा सांसद विष्ट प्रमुख अतिथि रहनेछन्।

पिभीई नेटवर्कका संस्थापक निर्देशक विकेश कायस्थले कन्सर्टमा उत्तर बंगाल, भारतको उत्तर–पूर्वी क्षेत्र, भुटान र नेपालबाट हजारौं दर्शकको उपस्थिति रहने बताए। ‘यो कार्यक्रम साधारण सांगीतिक प्रस्तुति मात्र नभई सीमापार सांस्कृतिक संगमको रूपमा स्थापित हुनेछ’, उनले भने, ‘नेपथ्यको प्रस्तुतिमार्फत सिलिगुडीलाई सीमापार सांस्कृतिक कार्यक्रमहरूको उपयुक्त गन्तव्यका रूपमा थप स्थापित गर्ने हाम्रो लक्ष्य हो।’

पिभीई नेटवर्क यतिबेला पूर्वी भारतको लाइभ इन्टरटेनमेन्ट क्षेत्रमा आफ्नो पहिचान विस्तार गर्दै आएको छ।

नेटवर्कले गत वर्षको नोभेम्बरमा सिलिगुडी र गान्तोकमा ‘लेट्स गेट लाउड इण्डिया सिरिज’ कार्यक्रमको आयोजना गरेको थियो। जहाँ गायक तथा संगीतकार सज्जनराज वैद्यले प्रस्तुति दिए। कायस्थका अनुसार नेपथ्यको कन्सर्टका लागि टिकट बिक्रीको मात्रा उल्लेख्य छ।  

प्रकाशित: ७ फाल्गुन २०८२ १२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App