२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हुथी विद्रोहीको केन्द्रमा इजरायलको जवाफी आक्रमण: ३ को मृत्यु, ८० घाइते

इजरायलले यमनमा हुथी विद्रोहीको नियन्त्रणमा रहेको बन्दरगाहमा आक्रमण गर्दा ३ जनाको मृत्यु भएको छ। अन्य ८० जना घाइते भएका छन्।

समाचार संस्था रोयटर्सका अनुसार हुथी विद्रोहीले इजरायलमाथि आक्रमण गरेको एकदिन पछि इजरायलले जवाफी आक्रमण गरेको हो।

रातो सागरमा रहेको हुथी विद्रोहीको केन्द्रमा इजरायली आक्रमण पछि त्यहाँको एउटा तेल डिपो र विद्युत केन्द्रमा ठूलो क्षति पुगेको छ।

हुथी अधिकारी मोहम्मद अब्दुल सलामले यमनविरुद्ध इजरायलको यो बर्बरतापूर्वक गरिएको आक्रमण रहेको बताएका छन्।

यता इजरायलका रक्षा मन्त्री योआव ग्यालेटले हुथी विद्रोहीका लागि यो सन्देशमुलक आक्रमण रहेको बताएका छन्।

पछिल्लो समय हमाससँगको युद्धमा होमिएको इजरायलमाथि हुथी विद्रोहीले पटकपटक आक्रमण गर्दै आएको छ। हमासमाथिको आक्रमण नरोके आक्रमण गरिरहने चेतावनी दिँदै आएको हुथीमाथि इजरायलले पनि चेतावनी दिँदै जवाफी कारबाहीलाई निरन्तरता दिँदै आएको छ।

प्रकाशित: ६ श्रावण २०८१ ०९:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App