२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बङ्गलादेशमा झडप हुँदा ६ विद्यार्थीको मृत्यु, अनिश्चितकालका लागि शैक्षिक संस्था बन्द

बङ्गलादेशमा भएको झडपमा परी ६ जना विद्यार्थीको मृत्यु भएको छ। सरकारी जागिरमा आरक्षणको व्यवस्थाविरुद्ध भएको प्रदर्शनमा ६ जना विद्यार्थीको मृत्यु भएको बीबीसीले जनाएको छ।

घटनापछि सरकारले बङ्गलादेशका सबै विद्यालय र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गरेको छ।

बङ्गलादेशमा सरकारी जागिरमा देशको आजादीका लागि लडेकाहरूको छोराछोरीलाई आरक्षण दिइएको छ। तर, आलोचकहरूले आरक्षणको उक्त व्यवस्था बङ्गलादेशकी प्रधानमन्त्री शेख हसीनालाई समर्थन गर्ने समूहका छोरोछारीलाई दिने गरेको आरोप लगाएका छन्।

बङ्गलादेशमा पछिल्लो केही दिनदेखि सरकारी जागिरमा आरक्षणको उक्त व्यवस्थालाई अन्त्य गर्नुपर्ने भन्दै विरोध प्रदर्शन हुँदै आएको छ।

सन् १९७१ मा बङ्गलादेश स्वतन्त्रताको लडाई पछि पाकिस्तानसँग छुट्टिएको थियो।

यसअघि पनि विरोध हुँदा सन् २०१८ मा अदालतले सरकारको उक्त व्यवस्थामा रोक लगाएको थियो। तर, गत महिना मात्रै एक अदालतले फेरि आरक्षणको व्यवस्थालाई लागू गरिदिएको छ।

प्रकाशित: २ श्रावण २०८१ ०९:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App