२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

४६ वर्षपछि किन खोलियो जगन्नाथ पुरीको रत्न भण्डार?

भारतको सबैभन्दा धेरै सम्पत्ति भएको मन्दिरमध्येको एक जगन्नाथ पुरीको रत्न भण्डार झन्डै ४ दशकपछि खोलिएको छ।

विश्व प्रसिद्ध जगन्नाथ मन्दिरको रत्न भन्डारमा राखिएका रत्न आभूषणको गणनाको प्रक्रिया ४६ वर्ष पछि सोमवारबाट सुरु भएको हो। यसअघि १९७८ मा जगन्नाथ पुरीको रत्न भण्डारमा रहेका गहना र अन्य आभूषणको गणना गरिएको थियो।

बीबीसीका अनुसार निर्धारित साइतमा सोमवार दिउँसो १ः २८ मा ११ सदस्यीय टीम आवशयक उपकरणका साथ रत्न भण्डारमा प्रवेश गरेका छन्।

रथयात्राका लागि प्रसिद्ध जगन्नाथपुरीको रत्न भण्डारमा १९७८ मा गरिएको गणनामा ७४७ प्रकारका आभूषण फेला परेको थियो। ७० दिनसम्म चलेको उक्त गणनाको क्रममा १२ हजार ८३८ तोला सुनका गहना र २२ हजार १५३ तोला चाँदीका गहना भेटिएका थिए। साथै हिरा, पन्ना र अन्य बहुमूल्य वस्तुका आभूषण पनि फेला परेका थिए।

मन्दिरमा रहेका बहुमूल्य आभूषण चोरी गर्नका लागि १५ औं शताब्दीदेखि १८ औँ शताब्दीसम्म १५ पटक आक्रमण गरियो। जसमा विभिन्न महत्त्वपूर्ण गहना लुटिए। तर, मन्दिरको कडा सुरक्षा व्यवस्थाका कारण हिरासहितका अन्य बहुमूल्य गहना सुरक्षित नै रह्यो।

जगन्नाथपुरी भारतको ओडिशा राज्यमा स्थित छ। भारतको १० सबैभन्दा धेरै सम्पत्ति भएको मन्दिरमध्येको एक जगन्नाथ पुरी पनि हो। मन्दिरको पछिल्लो सम्पत्ति १५० करोड भारतीय रुपैयाँ रहेको बताइएको छ।

प्रकाशित: १ श्रावण २०८१ १३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App