२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कश्मीरमा विद्रोहीसँग भिडन्त हुँदा पाँच भारतीय सुरक्षाकर्मी मारिए

भारतको उत्तरी क्षेत्रको जम्मु–कश्मीरको डोडा जिल्लामा विद्रोही समूहको आक्रमणमा परी पाँच जना सुरक्षाकर्मी मारिएका छन्। जसमा सैन्य अधिकृतसहित चार जना सैनिक र एक प्रहरी जवान रहेको बताइएको छ।

भारतीय सञ्चारमाध्यमका अनु सोमबार राति डोडा सहरभन्दा करिब ५५ किलोमिटर टाढाको जङ्गलमा सेनाको राष्ट्रिय राई फल्स र जम्मु–कश्मीर प्रहरीले संयुक्त सर्च अपरेसन चलाइरहेका बेला विद्रोही समूहसँग दोहोरो भिडन्त भएको थियो। जसमा मृतक सैनिक प्रहरी कर्मचारी घाइते भएका थिए। मंगलबार बिहान पाँच जनाले ज्यान गुमाएका हुन्।

घटनाको जिम्मा कश्मीर टाइगर नामक विद्रोही समूहले लिएको छ। कश्मीर टाइगरलाई पाकिस्तानमा प्रतिबन्धित जैश–ए मोहम्मदको छाँया संगठन मानिन्छ। जसले भारत र पाकिस्तानको उत्तरी सीमा क्षेत्रमा सशस्त्र संघर्ष गर्दै आएको छ।

प्रकाशित: १ श्रावण २०८१ १२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App