मस्तिष्क मृत्युपछि अंगदान: ‘आफन्त मान्दनैन् चिकित्सक पहल गर्दैनन्’
नेपाल सरकारले बिरामीको शरीरको कुनै अंग बिग्रिएमा प्रत्यारोपण गर्ने उद्देश्यले मस्तिष्क मृत्युपछि अंगदान गर्ने व्यवस्था गरेको छ।
नेपाल सरकारले बिरामीको शरीरको कुनै अंग बिग्रिएमा प्रत्यारोपण गर्ने उद्देश्यले मस्तिष्क मृत्युपछि अंगदान गर्ने व्यवस्था गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले ‘हेपाटाइटिश 'बी’ र ‘हैजा’ बिरुद्धको खोप लिने तयारी भएको जानकारी दिएका छन।
जिल्लामा डेङ्गीको सङ्क्रमण घट्दै गएको छ। यहाँका अस्पतालमा उपचार गर्न आउने बिरामीमध्ये दैनिक आठदेखि १० जनासम्ममा डेङ्गीको सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
शिक्षक र कर्मचारीहरूले बढुवाको माग गर्दै प्रतिष्ठानको शैक्षिक भवन र प्रमुख पदाधिकारीहरूको कार्यकक्षमा ताला लगाएका छन्।
शिविरमा प्रयोगशाला परीक्षण, एक्सरे, अल्ट्रासाउण्ड र निःशुल्क औषधि वितरण गरिएको छ। एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियानअन्तर्गत सेवा प्रवाह गरिएको हो।
हेटौँडा उपमहानगरपालिकासँगको साझेदारीमा रु एक करोड मूल्य बराबरको मुटुपरीक्षण उपकरण अस्पताललाई उपलब्ध गराएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा महिलामा हुने पाठेघर तथा स्तनसम्बन्धी क्यान्सर रोकथामका लागि देशैभर अभियानका रुपमा स्क्रिनिङ थाल्ने उल्लेख थियो ।
नेपालमा हरेक दिन एकजना मानिसमा एचआईभी संक्रमण हुने गरेको तथ्यांक छ।
फार्मेसीलाई व्यवस्थित गर्न आवश्यक व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको निर्देशन लगत्तै परिषदले पहिलो चरणमा फार्मेसिष्टको पहिचान खुलाउन पोशाक अनिवार्य गर्ने निर्णय गरेको हो ।
आफू एचआइभी सङ्क्रमित भएको थाहा पाउँदा धरानका खगेन्द्र खड्कालाई संसारै अन्धकार लागेको थियो। एकातिर परिवार र समाजले के भन्ला भन्ने भय, अर्कोतिर अब धेरै बाँचिदैन भन्ने डर। लागुऔषध प्रयोग गर्ने क्रममा २६ वर्षअघि उनमा एचआइभी देखिएको थियो।
नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको छ। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा जारी गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको हो।
यहाँको त्रिपुरासुन्दरी नगरपालिका-१० स्थित लिकु स्वास्थ चौकीलाई पोषणमैत्री स्वास्थ संस्था घोषणा गरिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सुस्मा कोइराला मेमोरियल अस्पताललाई जलन अस्पतालको रूपमा विकास गरिन लागेको जानकारी दिएका छन्।
दिगो विकास लक्ष्यको मुख्य सूचकांकमध्ये स्वास्थ्य, शिक्षा र आर्थिक सुधार हुन्। तर यीमध्ये नेपालीको स्वास्थ्यस्थिति दिगो विकासका लागि चुनौतीपूर्ण बनेको वार्षिक प्रतिवेदनले औंल्याएको छ।
देशमा नसर्ने रोगको भार बढ्दै गएको स्थितिमा यसलाई नियन्त्रण गर्न सरकारले फागुन महिनाभर क्यान्सर तथा नसर्ने रोगको परीक्षण देशव्यापी रूपमा गर्ने तयारी गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन अनुमति प्राप्त गरेका मेडिकल कलेज तथा विभागीय अस्पतालहरुको विवरण सार्वजनिक गरेको छ।
स्वास्थ्य बीमाको दायरा बढाएर पाँच लाख रुपैयाँ पुर्याउने तयारीमा सरकार लागेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बिहीबार आयोजित स्वास्थ्य क्षेत्रको राष्ट्रिय संयुक्त समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै यसबारे जानकारी दिएका हुन्।
सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा बागमती प्रदेशका चार लाख ७० हजार दुई सय ५६ परिवारका १३ लाख ६५ हजार तीन सय ६२ जना आबद्ध छन्।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी आफूले काम गरिरहेको बताएका छन्।
सुरुमा विद्यालयमा आइरन चक्की खान डराउने किशोरीहरु आजभोलि नियमित खान थालेका छन्।
जुम्ला जिल्लाको तिला गाउँपालिका र हिमा गाउँपालिकामा सञ्चालित दुईदिने निःशुल्क अपाङ्गतासम्बन्धी स्वास्थ्य शिविरबाट छ सय १६ जनाले सेवा लिएका छन्।
भरतपुर अस्पतालमा उपचारत बालबालिकाहरुले उपचारसँगै खेल्ने र पढ्ने अवसर पाएका छन्।अस्पतालले ‘प्ले थेरापी’ कक्ष सञ्चालन गरेर बालबालिकालाई खेल्ने र पढ्ने अवसर समेतप्रदान गरेको हो।
पछिल्लो केही दिनयता चिसो बढेसँगै मकवानपुरसहित बागमतीका विभिन्न जिल्लामा रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै गएका छन्।
चेतावनी दिदैँ उनले ‘अटेर गर्ने सबै कलेजहरूमा स्नातकोत्तर कार्यक्रम सदाका लागि बन्द गरी निर्णय मान्ने कलेजहरूमा मात्रै उक्त तहका कार्यक्रम सुचारु गर्न सम्बन्धित पक्षहरूसँग जोडदार माग गर्दछु’ भनेका छन्।