१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

१२ वर्षमाथिका र दीर्घ रागीलाई समेत कोभिड १९ विरुद्ध खोप दिँदै सरकार

सरकारले कोभिड १९ विरुद्धको फाइजर खोप दिने भएको छ। कोभिड १९ विरुद्धको खोप नलगाएका र दीर्घ रोग भएका १२ वर्ष उमेरमाथिका व्यक्तिहरुलाई फाइजर खोप दिने भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो खोपको पहिलो मात्रा यही कार्तिक २८ गतेदेखि मंसिर ४ गते र दोस्रो मात्रा यही मंसिर २७ गतेदेखि पुस २ गतेसम्म दिने जनाएको छ।

मन्त्रालयले मुटुको शल्यक्रिया गराएका वा औषधी सेवन गरिरहेका, मृगौला फेरेका, डायलासिस गराइरहेका, जुनसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका, फोक्सो सम्बन्धी रोगको औषधी सेवन गरिरहेका, अंग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका र मस्तिक र मस्तिका रक्तनली सम्बन्धी रोग भएकाले समेत सो खोप पाउने मन्त्रालयले जनाएको छ।

 सो खोपको दुवै मात्रा पूरा गरेमा ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको सो खोप दिन सरकारले २४ वटा अस्पताललाई खोप केन्द्र तोकेको छ।

मन्त्रालयका अनुसार सो खोप काठमाडौं उपत्यकाको वीर अस्पताल, छाउनीको वीरेन्द्र सैनिक अस्पताल, बानेश्वरको सिभिल अस्पताल, महाराजगञ्जको त्रिवि शिक्षण अस्पताल, बाँसबारीको शहीद गंगालाल राष्ट्रिय हृलय रोग केन्द्र, लगनखेलको पाटन अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल, भक्तपुरकै शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा लगाइने मन्त्रालयले जनाएको छ।

त्यस्तै प्रदेश नं. १ को भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल, धरानको वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको कोशी अस्पताल, प्रदेश २ को राजविराजस्थित गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीरगञ्जको नारायणी प्रादेशिक अस्पताल र जनकपुरधाममको जनकपुर प्रादेशिक अस्पताल पनि खोप केन्द्र तोकिएको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशको भरतपुरस्थित वीपी कोइराला स्मृति क्यान्सर अस्पताल, धुलिखेलको धुलिखेल अस्पताल, गण्डकीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बागलुङको धौलागिरी अस्पताल, लुम्बिनी प्रदेशको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी अस्पताल तथा सुदूरपश्चिम प्रदेशको कर्णाली प्रादेशिक अस्पताल, धनगढीको सेती प्रादेशिक अस्पताल र अमरगढीको डडेल्धुरा अस्पताललाई फाइजर खोप लगाउने केन्द्र निर्धारण गरिएको छ।

प्रकाशित: २४ कार्तिक २०७८ ०९:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App