coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

संक्रमित युवा कोभिड–१९ उपचार केन्द्र भर्ना

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कात्तिकेका कोरोना संक्रमित युवालाई अस्पताल भर्ना गरिएको छ । गत सोमबार गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना संक्रमण भएको पूष्टी भएपछि २० वर्षीय युवालाई उपचारका लागि मंगलबार राति कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगर भर्ना गरिएको हो ।

स्वास्थ्य अवस्था समान्य रहेका उनलाई आइसोलेसनमा राखेर उपचार सुरु गरिएको बुझिएको हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले बताए ।  

कोरोना भाइरसको संक्रमण भए/नभएको यकिन गर्नका लागि नगरपालिकाबाट बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका ३३ जनाको स्वाबमध्ये उनको पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो । कोरोना पोजिटिभ देखिए पनि उनको स्वास्थ्यमा कुनै लक्षण नदेखिएको महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले बताए ।  

राई थरका संक्रमित युवा काठ्माण्डौंको पेप्सीकोला बस्दै आएका थिए । शहरमा बसिरहेको अवस्थामा लकडाउनको मारमा परेका स्थानीयलाई नगरपालिकाले उद्धार गरेर गाउँ ल्याउनेक्रममा उनी बा ४ ख २२११ नम्बरको बसमार्फत गाउँ आएका थिए । उनीसँगै एउटै सिटमा यात्रा गरेका व्यक्तिको पिसिआर रिपोर्ट भने नेगेटिभ देखिएको बताइएको छ ।

नगरपालिकाले सर्वदलीय निर्णय अनुसार १४ दिन होम क्वारेन्टिनमा बस्ने शर्तमा लकडाउनको मारमा परेका १ हजार २६७ नागरिकलाई काठमाडौंबाट नगरपालिका भित्र्याएको थियो । संक्रमित युवासँग नगरपालिका भित्रकै ३८ जनाले यात्रा गरेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । 

प्रकाशित: ७ जेष्ठ २०७७ ०७:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App