१९ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

मन्त्रालय तानिए वीरका निर्देशक पौडेल

वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रीले विना कारण मन्त्रालयमा हाजिर गर्न आदेश दिएको बताएका छन्।

गत शुक्रवार मन्त्री मोहन बहादुर बस्नेतले पत्र पठाइ मन्त्रालयमा हाजिर हुन आउन निर्देशन दिएका हुन्। प्रक्रिया अनुसार निर्देशकको कार्यकाल दुई वर्षको रहे पनि अवधि नपुगी हाजिर हुन बोलाइएको निर्देशक पौडेलको आपत्ति छ। कार्य अवधि १५ महिना बाँकी छ।राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानको ऐन नियम मिचेर पदच्युत गरियो उनले भने।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रेस सल्लाहकार रामचन्द्र दुलालले मन्त्रालयको आधिकारिक फेस बुक ग्रुप मार्फत  राष्ट्रिय सतर्कता केन्द्र र निर्वाचन आयोगबाट प्राप्त निर्देशन बमोजिम पद खोसिएको जनाएका छन्। राष्ट्रिय सतर्कता केन्द्रले  पठाइएका पत्रअनुसार जनस्वास्थ्य सेवा ऐन २०५३ आकर्षित भएकोले प्रचलित कानुन कार्यान्वयन गराउनु भनी उल्लेख गरिएको छ।

पत्रमा डा.पौडेल ट्रेड युनियनमा आवद्ध भई महासचिव पदमा रही कार्यरत रहेको खुलेको जनाएको छ। त्यसैगरी निर्वाचन आयोगले प्राप्त उजुरीका आधारमा निर्देशक पौडेल नेकपा एमालेको सदस्य र जनसङ्गठनको पदमा रहेर काम गरेको पाइएकोले सो अनुसार कार्य गर्नु भनी मन्त्रालयलाई पत्राचार गरेको छ।यी दुवै पत्रको बिषयमा उल्लेख नगरी मन्त्रालयले आफुलाई सिधै मन्त्रालयमा हाजिर हुन बोलाएको डा पौडेलको गुनासो छ।

निर्देशक पौडेलले राजनीतिक पेसागत सङ्गठनमा आबद्ध हुनु र परिवार राजनीतिक रूपमा सक्रिय भएको विषयलाई आधार बनाएर षड्यन्त्र भएको बताए।

प्रकाशित: १७ मंसिर २०८० १३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App