१० वैशाख २०८२ बुधबार
image/svg+xml १६:४७ अपराह्न
कला/संस्कृति

युवा साहित्य सम्मेलनमा उत्कृष्टलाई पुरस्कार

राष्ट्रिय युवा सङ्घ शिक्षा विभागले आयोजना भएको युवा साहित्य सम्मेलन सम्पन्न भएको छ। सम्मेलनमा विभिन्न विधामा उत्कृष्ट युवाहरू पुरस्कृत भएका छन्। वक्तृत्वकला प्रतियोगितामा भक्तपुर बहुमुखी क्याम्पसकी विनिता तामाङ प्रथम भएकी छिन्। उनलाई नगद एक लाखसहित पुरस्कार प्रदान गरियो।  

यस्तै दिग्विजय लामिछाने द्वितीय र इशा थापा तृतीय भएका हुन्। द्वितीय हुनेलाई नगद रु ५० हजार र तृतीय हुनेलाई नगद रु ३० हजार रुपैयाँ प्रदान गरिएको छ।  

यस्तै निबन्ध प्रतियोगितामा मनोज बुढा, ज्योति घिमिरे र देवु गिरी क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन्।  

यस्तै कवितातर्फ जीवन आरोही राई, रविना कडेल र सन्तोष पौडेल क्रमशः प्रथम, द्धितिय र तृतीय भएका छन्।

उत्कृष्ट हुनेलाई एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पुरस्कृत गरेका छन्।  

यसैगरी गजल प्रतियोगितामा प्रथम दिपिन सिजापति, द्वितीय अङ्कित आचार्य र तृतीय खिमानन्द जोशी भएका छन्। प्रथमलाई रु ५० हजार, द्धितियलाई ३० हजार र तृतीयलाई २० हजार प्रदान गरिएको छ।  

सम्मेलनका संयोजक रहेका कुवेर अधिकारीले युवाभित्र रहेको साहित्य प्रतिभा प्रस्फुटन गराउनका लागि सम्मेलनको आयोजना गरिएको बताए।  युवा साहित्य सम्मेलनमा देशभरका एक हजारभन्दा बढीले सहभागिता जनाएका थिए। गत चैत २५ गतेदेखि सम्मेलन भएको थियो। 

प्रकाशित: ३१ चैत्र २०८१ १४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App