२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

त्रिशुली नदी किनारमा बसको अवशेष फेला

तस्बिर : सागर गिरी / रासस

मुग्लिन-नारायणगढ सडकखण्डको भरतपुर महानगरपालिका-२९ सिमलताल पारीपट्टी तनहुँको आबुखैरेनी गाउँपालिका-५ स्थित त्रिशुली नदी किनारमा आइतबार बसको अवशेष  फेला परेको छ ।

यो अवशेष २०८१ असार २८ मा चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा पहिरो जाँदा त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बस मध्ये एक बसको हुनसक्ने अनुमान प्रहरीको छ ।  

नदी किनारको बालुवामा गाडिएको अवस्थामा बसको केही भाग भेटिएको इलाका प्रहरी कार्यालय आवुखैरेनी  तनहुँका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताए ।  

प्रकाशित: २७ पुस २०८२ १७:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App