२३ भाद्र २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

सञ्चारकर्मीको निःशुल्क मिर्गौला परीक्षण

सञ्चारकर्मीको रगतको नमुना लिँदै स्वास्थ्यकर्मी । तस्बिर ः नागरिक

बाँकेका सञ्चारकर्मीको मंगलबार निःशुल्क मिर्गौला परीक्षण गरिएको छ। नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘चाचाजी’ को ९५औं जन्मजयन्तीका अवसरमा युनियन बाँके शाखा र पन्नालाल गुप्ता स्मृति प्रतिष्ठानको संयुक्त आयोजना तथा सेन्ट्रल सिटी हस्पिटल नेपालगन्जको सहकार्यमा परीक्षण गरिएको थियो।

सेन्ट्रल सिटी हस्पिटलका म्यानेजर किरण ऐरीले ६८ जना सञ्चारकर्मीको मिर्गौला परीक्षण गरिएको जानकारी दिए। उनका अनुसार हस्पिटलका निर्देशकसमेत रहेका युरोलोजिस्ट डा. दिपेश गुप्ता र प्याथोलोजिस्ट डा. शर्मिला गुप्ताले सञ्चारकर्मीको स्वास्थ्य परीक्षण गरेका थिए। ‘६८ जना सञ्चारकर्मीले आज मिर्गौला परीक्षण गराउनुभयो’, ऐरीले भने।

गत वर्ष आजकै दिन प्रेस युनियन बाँके र पन्नालाल गुप्ता स्मृति प्रतिष्ठानले सेन्ट्रल सिटी हस्पिटल नेपालगन्जको सहकार्यमा सञ्चारकर्मीको मिर्गौला निःशुल्क परीक्षण गरिएको थियो।

प्रकाशित: २७ भाद्र २०८० ०२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App