२३ भाद्र २०८१ आइतबार
image/svg+xml
शिक्षा

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह वैशाख पहिलो साता

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह आगामी वैशाख ६ गते हुने भएको छ। यसअघि यही चैत १६ गते निर्धारण भई स्थगित भएको दोस्रो दीक्षान्त समारोह सुर्खेतको कुइनेपानीस्थित विश्वविद्यालयको केन्द्रीय परिसरमा वैशाख ६ गते आयोजना हुने रजिष्ट्रारको कार्यालयले जनाएको छ।  

विश्वविद्यालयका सूचना प्रविधिविज्ञ उपप्राध्यापक पञ्चदेव भट्टका अनुसार दीक्षान्त समारोहको अध्यक्षता कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख आतिथ्यता नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थीले गर्नेछन्। भारतीय नागरिक सत्यार्थी बालश्रमविरुद्धको विश्वव्यापी अभियानका अध्यक्ष रहेका छन्। विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह २०७४ असारमा भएको थियो। रासस

प्रकाशित: २९ चैत्र २०७८ ०८:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App