यस्ताे छ आजकाे फलफूल र तरकारीकाे मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
चीन भ्रमणमा रहेका नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेल र पिपुल्स बैंक अफ चाइना (पिबिओसी) का गभर्नर फान कोङसङबीच बुधबार भेटवार्ता भएको छ।
उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको छ। हिमपातले हिमाली जिल्लाका उच्च भेगको जनजीवन पनि प्रभावित भएको छ। कतिपय जिल्लामा हिडडुल नै सकसपूर्ण बनेको छ। हिमाली क्षेत्रको पदयात्रामा जाने पर्यटकलाई सचेतना अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेका छन।
भन्सार विभाग र राजस्व अनुसन्धान विभागले अब संयुक्त टोली परिचालन गरी चोरी पैठारी गरेका सामान खरिद गर्ने वा सङ्ग्रह गर्ने व्यवसायीको कारोबार छानबिन सघन बनाउने उनले उल्लेख गरेका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा डा कुमार इङ्नामले नेपाल राष्ट्र बैंकले बैंकहरुलाई नियमन गरेजस्तै राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पनि सहकारीको नियमन गनुपर्ने आवश्यकता औल्याएका छन् ।
आज ३३४ कम्पनीको दुई करोड ३६ लाख १८ हजार १८६ कित्ता शेयर एक लाख २१ हजार ९९२ पटक खरिदबिक्री हुँदा ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार १८५ बराबरको कारोबार भएको छ।
बैंकले निरन्तर अधिक तरलता कायमै रहेपछि फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० कायम भएको छ।
सरकारले तीन अर्ब रुपैयाँ खर्च गरेर भैंसेपाटीमा बनाएको नयाँ मन्त्री आवास पुनर्निर्माण गर्न करिब ११ करोड रुपैयाँ खर्च लाग्ने भएको छ।
वीरगञ्ज नाका हुँदै गत आवको ६ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा दुई अर्ब ७५ करोड बढी रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको हो ।
आर्थिक गतिविधि अझै बढ्न नसक्दा आयकरमा वृद्धि हुन नसकेको बताउँदै सूचना अधिकारी केसीले आयकरमा वृद्धि हुन सके रोजगारी सिर्जनासँगै गरिबी न्यूनीकरणमा समेत मदत पुग्ने बताए ।
विभागले सोमबार र मंगलबारको बजार अनुगमनका क्रममा दुवै उद्योगमा अखाद्य वस्तु फेला परेपछि जरिवाना गरेको जनाएको छ ।
चीनले चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उद्देश्यसहित सन् २०२५ लाई चीनमा ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरेको थियो। तर, नेपाल भ्रमण वर्ष मनाएकै वर्ष नेपालमा सन् २०२५ मा जम्मा ९५ हजार ४ सय ८० जना मात्र चिनियाँ पाहुना नेपाल भित्रिएका थिए। भ्रमण वर्ष मनाएकै वर्ष अघिल्लो वर्ष (२०२४) को तुलनामा कम संख्यामा चिनियाँ पाहुना भित्रिएका छन्।
आज नेप्से परिसूचक ४२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ७२६ दशमलव ५१ को बिन्दुमा कायम भएको हो। जुन एक दशमलव ५३ प्रतिशतको गिरावट हो।
रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा रु एक अर्ब १६ करोड राजस्व सङ्कलन गरेको छ। हाल करिब दुई सयवटा मालवाहक कन्टेनरका सामग्रीको परीक्षण भइरहेको छ।
वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।
सो अवसरमा प्रजिअ गौतमले भन्सार बिस्तारै प्रविधिमैत्री बन्दै गएकोमा व्यापारीलाई कारोबार गर्न सहज भएको बताए। उनले सबैले वैध तरिकाबाट मालसामान भन्सार तिरेर ल्याइए सबैका लागि हितकारी हुनेसमेत बताए।
नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकरभिट्टाबाट लौकही सडकखण्डमा निर्माण सुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ।
सुन्तलाको प्रवद्र्धनका लागि इच्छाकामना गाउँपालिकाले सुन्तला महोत्सव आयोजना गरे पनि उत्पादनमा कमी देखिएको छ। कृषि अर्थ विज्ञ पौडेलले पुराना बोट, रोग, बगैँचा व्यवस्थापनमा कम चाँसो र जलवायु परिवर्तनका कारण उत्पादन घटेको बताए।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइकार्य सम्पन्न भएको छ।
साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारको नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन आइतबार ५७.५५ अंकले बढेको नेप्से यसदिन ३.०७ अंकले घट्दै २७६९.०९ विन्दुमा अडिएको छ।
भारतमा दूधको मूल्य बढेपछि यहाँको किसानले बजार पाएका छन्।
नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोसी प्रदेशका अभिकर्ताहरूलाई सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ।